नर्वेजियन क्रुजमा चढेर अमेरिकाको न्यु ओर्लियान्स आउँदै गरेका १० जनामा कोरोना, सबैको परीक्षण गरिने


प्रकाशित मिति : मंसिर १९, २०७८ आईतबार

नर्वेजियन क्रुजमा चढेर अमेरिकाको न्यु ओर्लियान्स आउँदै गरेका १० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । न्यु ओर्लियान्स फर्केपछि क्रुजमा रहेका सबैको परीक्षण गरिने र पोजेटिभ देखिएका क्वारेन्टीनमा पठाइने जनाइएको छ ।

नोभेम्बर २८ मा न्यु ओर्लियान्सबाट प्रस्थान गरेको उक्त क्रुज आइतबार विहान फर्कने तय भएको थियो । उक्त क्रुज बेलिज, मेक्सिको र होण्डुरस लगायतका स्थानमा रोकिएको थियो । क्रुजसिपमा ३२ सय भन्दा बढी यात्रुहरु रहेका छन् ।

क्रुजसिपमा कोरोना संक्रमित हुनेहरुको अवस्थाबारे थप विवरण सार्वजनिक गरिएको छैन । उनीहरुमा देखिएको भेरियन्टबारे पनि थप विवरण उपलब्ध भएको छैन । कोरोनाको ओमिक्रोन भेरियन्ट विश्वभर फैलदै गरेको अवस्थामा यो घटना सार्वजनिक भएको हो ।

अहिलेसम्म विश्वका ३८ देशमा कोरोनाको ओमिक्रोन भेरियन्ट पुष्टी भइसकेको छ । तर ओमिक्रोन भेरियन्ट पुष्टी भएका कसैको पनि मृत्यु भने भएको छैन । भ्याक्सिनका दुबै डोज लगाएका र बुस्टर शट लगाएकाहरुमा पनि ओमिक्रोन भेरियन्ट पुष्टी भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com