राष्ट्रपति पुटिनको भ्रमण : भारत र रुसबीच विभिन्न सम्झौता हुने


प्रकाशित मिति : मंसिर १९, २०७८ आईतबार

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन २१ औं भारत-रूस वार्षिक शिखर सम्मेलनमा भाग लिन सोमबार भारत आउँदै हुनुहुन्छ।
नोभेम्बर २०१९ मा ब्राजिलियामा भएको ब्रिक्स शिखर सम्मेलनको भेटपछि राष्ट्रपति पुटिन र प्रधानमन्त्री नरेन्द्र मोदीबीचको यो पहिलो प्रत्यक्ष भेट हुनेछ।

शिखर सम्मेलनको क्रममा प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारत र रुसबीचको द्विपक्षीय सम्बन्धको अवस्था र सम्भावनाहरूको समीक्षा गर्दै दुई देशबीचको रणनीतिक साझेदारीलाई अझ सुदृढ पार्ने उपायहरूबारे छलफल गर्नुहुने जनाइएको छ।

‘रुसी राष्ट्रपति भ्लादमिर पुटिनले डिसेम्बर ६ मा प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भारत र रुसको वार्षिक शिखर सम्मेलनको लागि नयाँ दिल्लीको औपचारिक भ्रमण गर्नुहुने,’ विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले यसअघि बताइसक्नु भएको छ।

शिखर सम्मेलनले क्षेत्रीय बहुपक्षीय र पारस्परिक हितका अन्तर्राष्ट्रिय मुद्दाहरूमा विचार आदानप्रदान गर्ने अवसर प्रदान गर्ने बागचीले बताउँनुभयो। एजेन्सी

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com