आफ्नो जन्मका लागि डाक्टर दोषी रहेको भन्दै २० वर्षीय युवती पुगिन अदालत


प्रकाशित मिति : मंसिर १९, २०७८ आईतबार

आफ्नो जन्मका लागि दोषी रहेको आरोपका साथ ब्रिटेनकी एक महिलाले आफू गर्भमा रहँदा आमाको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकविरुद्ध मुद्दा दायर गरेकी छन् । ती महिलाको दलिलका आधारमा मुद्दा सुनुवाइ गरेको अदालतले चिकित्सकलाई दोषी ठहर गर्दै जरिवानाको आदेश पनि दिएको छ ।

ब्रिटेनकी २० वर्षीय एभी टम्बसले आफ्नो जन्मका लागि आमालाई सल्लाह दिएको आरोपमा गर्भावस्थामा आमाको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकविरुद्ध मुद्दा दायर गरेकी हुन् । पेसाले ‘शोजम्पर’ रहेकी उनी विकलांग छिन् ।

आफ्नो यो शारीरिक अवस्थाका लागि आफू गर्भमा रहँदा आमाको स्वास्थ्य परीक्षण गर्ने चिकित्सक जिम्मेवार रहेको र उसकै गलत सल्लाहका कारण आफू शारीरिक रुपमा कमजोर हुनुपरेको एभीको दाबी छ । समाचार एजेन्सीहरुका अनुसार एभीमा ‘स्पाइनल डिफेक्ट’ छ । उनी कुनै बेला २४ घण्टासम्म पनि ट्युबको सहारामा बस्नुपर्छ ।

गर्भावस्थामा आमाको स्वास्थ्य परीक्षण गर्ने चिकित्सक फिलिप मिशेलका कारण आफू यो अवस्थामा पुगेको एभीको दाबी छ । आमालाई गर्भावस्थामा सही सल्लाह दिएको भए आफ्नो जन्म नै नहुने वा यो अवस्थामा आफू हुनु नपर्ने उनको तर्क थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एभीकी आमाले पनि आफूलाई त्यतिबेला चिकित्सकले सही सल्लाह दिएको भए बच्चालाई जन्म दिने थिइनँ भनेर अदालतमा बयान दिएकी छन् । यस्तो समस्या हुन्छ भन्ने सचेत गराएर चिकित्सकले आमालाई ‘फोलिक एसिड’ को खुराक लिन सुझाव दिएको भए परिस्थित अर्कै हुन्थ्यो भन्ने जिकिर पनि उनले अदालतमा गरिन् ।

उनको दलिललाई अदालतले पनि सही ठहर गरेको छ । लन्डन हाइ कोर्टले एभीको दाबीलाई समर्थन जनाएको छ । अदालतले पीडित परिवारका लागि चिकित्सकले जरिवाना तिर्नुपर्ने ठहर गरे पनि त्यसको राशी खुलाएको छैन । यद्यपि एभीका कानुन व्यवसायीले जीवनभरको हेरचाहका लागि पुग्ने गरी अदालतले चिकित्सकबाट जरिवाना तिराउन सक्ने बताए । एजेन्सी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com