हराउँदै मगर भाषा, जीर्ण बन्दै प्रशिक्षण केन्द्र


प्रकाशित मिति : मंसिर १८, २०७८ शनिबार

आदिवासी जनजाति समुदायको बाक्लो बसोबास भएको जिल्लामा मगर भाषा लोप हुँदै गएको छ ।  मगर भाषाको संरक्षणको अभाव तथा अन्य जातजातिले बोल्ने भाषाको बाहुल्यता हुँदै गएपछि मगर  समुदायमा समेत मगर भाषा हराउन थालेको हो । जिल्लामा मगर समुदायको बाक्लो बस्ती भए पनि सो समुदायलाई समेत आफ्नो संस्कृति र भाषाको  कम जानकारी नभएपछि भाषा नै सङ्कटमा पर्न गएको जनाइएको छ ।

विसं २०६८ को जनगणनानुसार जिल्लामा झण्डै ३५ हजार जनसङ्ख्या मगर समुदायको छ । जिल्लाका अधिकांश बस्तीमा मिश्रित जातिको बसोबास भएकाले एकाधले मात्र आफ्नो भाषा बोल्ने गर्दछन् । नेपाल मगर सङ्घ जिल्ला अध्यक्ष पूर्णबहादुर बुढामगरले समुदायमा विस्तारै आधुनिकताले प्रवेश गरेपछि परम्परगत संस्कृति र संस्कारसमेत हराउँदै जान थालेकोे जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्लाको कारागिठी, काभ्रा, रिम, सिन्वाङ, गर्पा, झिम्पे, लेखपोखरा, शिवरथलगायतका ठाउँमा मगर समुदायको सङ्ख्या धेरै छ । “पुरानो पुस्ताले मगर भाषा बोल्ने गरेको भए पनि नयाँ पुस्तालाई भने यसबारेमा जानकारी नै छैन, तर पछिल्लो समय हाम्रो मगर अठार खाम भाषाका बारेमा केही नयाँ पुस्ताले पनि चासो देखाउनुभएको छ”, उहाँले भन्नुभयो ।

भाषा सिक्न र संस्कृतिको संरक्षण गर्न भनेर विसं २०६३ देखि जिल्लाको लेखपोखराको बुद्धनगरमा मगर भाषा प्रशिक्षण केन्द्र भवनको निर्माण थालनी गरियो । विसं २०६५ मा भवन निर्माण भयो । सुरुका वर्षमा राम्रोसँग सञ्चालन भएको केन्द्र पछिल्लो केही वर्षयता बन्दजस्तै बनेको छ । मगर समुदायका गतिविधि सञ्चालन नहुँदा भाषा प्रशिक्षण केन्द्रको भवन परिसर राजनीतिक दलका कार्यक्रम गर्ने स्थलका रूपमा परिणत भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

केही वर्ष पहिलेसम्म जिल्लाका विभिन्न स्थानमा गएर मगर भाषा र संस्कृतिका बारेमा प्रशिक्षण गरे पनि कोरोना सङ्क्रमणका कारण हाल प्रशिक्षण कार्य बन्द गरिएको स्थानीय उमलाल घर्तीले जानकारी दिनुभयो । उहाँले मगर समुदायको भाषा र संस्कृतिका बारेमा सबै मगर समुदाय जानकार हुनुपर्ने बताउनुभयो । “अधिकांश मगरलाई मगर भाषा नै आउँदैन, यसबारेमा सोच्न र सिक्न आवश्यक छ”, उहाँले भन्नुभयो ।

मगर भाषाको संरक्षण गर्न र नयाँ पुस्तालाई प्रशिक्षण प्रदान गर्नका लागि छत्रेश्वरी गाउँपालिका–५ ले चालु आर्थिक वर्षमा केही बजेटसमेत विनियोजन गरेको छ । वडाध्यक्ष लीलाधर घर्तीलेमगरले संस्कृतिको संरक्षण र भाषा प्रशिक्षण लागि यस वर्ष रु ५० हजार विनियोजन गरिएको जानकारीदिनुभयो । यसले मगर समुदायको संस्कृतिको संरक्षणमा टेवा पुग्ने उहाँको भनाइ छ ।

“यस वडामा मात्रै झण्डै आधाभन्दा बढी समुदाय मगरको छ, तर यहाँका अधिकांश मगर समुदायमा मगर संस्कृति छैन, भाषाका बारेमा ज्ञान छैन, सीमित केही व्यक्तिबाहेक अरु मगर भाषा बोल्न जान्दैनन्”, उहाँले भन्नुभयो, “मगर भाषा र संस्कृतिको संरक्षणका लागि वडाले विनियोजन गरेको बजेटले केही सहयोग गर्ने अपेक्षा गरेका छौँ ।” मगर भाषा र संस्कृतिको संरक्षणका लागि सबै मगर समुदाय जागरुक हुनुपर्ने उहाँको भनाइ छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com