बाइडेनबाट नेपालका लागि पूर्व अमेरिकी राजदूत टेप्लिजलाई अमेरिकी सहायक विदेशमन्त्री नियुक्त


प्रकाशित मिति : मंसिर १८, २०७८ शनिबार

अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपालका लागि पूर्व अमेरिकी राजदूत एलाइना बि टेप्लिजलाई अमेरिकी सहायक विदेशमन्त्रीमा नियुक्त गरेको घोषणा गरेका छन् । टेप्लिजलाई प्रशासनतर्फ अमेरिकी विदेश मन्त्रालयमा सहायक विदेशमन्त्री नियुक्त गरिएको हो ।

उनले हालै श्रीलंकाको राजदूतका रुपमा काम गरेकी थिइन् भने सन् २०१८ देखि मालदिभ्समा राजदूतका रुपमा काम गरेकी थिइन् । सन् २०१५ देखि सन् २०१८ सम्म उनी नेपालका लागि अमेरिकी राजदूत थिइन् । उनले सन् १९९१ मा अमेरिकी विदेश मन्त्रालयमा सेवा सुरु गरेकी थिइन् ।

नेपालमा कार्यरत रहँदा दशैं मनाउँदै टेप्लिज

करिअर मन्त्री सरहको दर्जामा रहेकी अमेरिकी विदेश मन्त्रालयमा उच्च पदस्थ करिअर सदस्य हुन् । उनले कैयन अवार्डसमेत प्राप्त गरेकी छिन् । उनले सन् २०११ देखि सन् २०१२ सम्म काबुलको दूतावासमा समेत काम गरेकी थिइन् ।

उनले बंगालादेशको अमेरिकी दस्तावामिा पनि काम गरेकी थिइन् भने बेल्जियमको अमेरिकी दूतावासमा समेत काम गरिन् । उनले सिड्नी लगायतका कैयन देशमा अमेरिकी कूटनीतिज्ञका रुपमा काम गरिसकेकी छिन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com