छोरालाई बन्दुकमा पहुच दिएको अभियोगमा पक्राउ बाबुआमालाई तोकियो ५/५ लाख डलर धरौटी


प्रकाशित मिति : मंसिर १८, २०७८ शनिबार

अमेरिकाको मिसिगनमा रहेको अक्सफोर्ड हाइस्कुलमा ४ विद्यार्थीको ज्यान जाने र ७ जना घाइते हुनेगरी बन्दुक चलाउने १५ बर्षका विद्यार्थी इथान क्रम्बलेका बाबुआमालाई पाँच पाँच लाख धरौटी तोकिएको छ । अनिच्छित हत्याको अभियोगमा मिसिगन ओकल्याण्ड काउन्टीका न्यायाधिसले जेम्स र जेनिफर क्रम्बलेलाई उक्त धरौटी रकम तोकेका हुन् ।

अभियोजनकर्ताहरुले बाबुआमाबिरुद्ध पनि नियत नराखीकनै गरेको अनैच्छिक हत्याको अभियोग लगाउने घोषणा गरे लगत्तै क्रम्बलेका बाबुआमा भने फरार भएका थिए । उनीहरुलाई नियन्त्रणमा लिएर हिराशतमा फरक फरक कोठामा राखिएको छ । उनीहरुलाई भिडियो कन्फ्रेन्समार्फत न्यायाधिससमक्ष पेश गरिएको थियो ।

उनीहरुले आफूहरुबिरुद्ध लगाइएका अभियोगहरु अस्वीकार गरेका छन् । बयानका क्रममा जेनिफर रोएकी थिइन् । उनीहरुले आफ्ना छोरालाई बन्दुकमा सहज पहुच दिएको अभियोग अस्वीकार गरेका छन् । जेम्स र जेनिफरलाई शुक्रबार अनिच्छत हत्याका ४ वटा अभियोगहरु लगाइएको छ ।

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गोली चलाउने १५ बर्षीय इथान क्रम्बले

इथान क्रम्बलेले ४ जनाको ज्यान लिन प्रयोग गरेको बन्दुक उनका बुबा जेम्स क्रम्बलेले घटनाको ४ दिन अगाडि ब्लाक फ्राइडेमा स्थानीय हतियार पसलबाट किनेका थिए । बन्दुक किन्ने बेला गोली चलाउने इथानपनि बाबुसँगै रहेको र पछि उनले मेरी नयाँ सुन्दरी भन्दै सामाजिक सञ्जालमा बन्दुकको तस्वीर समेत राखेका थिए । इथानकी आमाले पनि छोराको क्रिसमस गिफ्ट भन्दै बन्दुकको फोटो सामाजिक सञ्जालमा हालेकी थिइन् ।

१५ बर्षका इथानले कानूनी रुपमा बन्दुक राख्न नपाउने नियम रहेको छ भने केही अपवादबाहेक अधिकांश स्थानमा बन्दुक बोकेर हिड्न समेत पाउँदैनन् । तर उनका लागि उपहार भन्दै उनका बाबुआमाले नै इथानलाई बन्दुकका लागि प्रोत्साहित गरेका थिए । गोली चल्नुभन्दा एकसाता अगाडि नोभेम्बर २१ मा इथानले कक्षा चलिरहेको बेलामा आफ्नो फोनमा हतियारबारे इन्टरनेटमा सर्च गरेका थिए । शिक्षकले देखेपछि उक्त घटनाबारे विद्यालय प्रशासनलाई रिपोर्ट समेत गरेका थिए ।

विद्यालय प्रशासनले त्यसपछि इथानकी आमालाई फोन र इमेलमार्फत सम्पर्क गर्न खोजेको थियो । तर उनले त्यसको जवाफ दिइनन् । उनले घटनाबारे छोरासँग भने मेसेज गरेको खुलासा भएको छ । मेसेजमा उनले छोराले ४ जनाको ज्यान जानेगरी गोली चलाउँदा पनि आफू नरिसाएको बरु उसले कसरी समातिनबाट जोगिने भन्ने सिक्न आवश्यक रहेको उल्लेख गरेकी थिइन् ।

इथानले गोली चलाएको विहान शिक्षकले इथानको टेबुलमा एउटा नोट समेत देखेका थिए । जसमा इथानले बन्दुकको र एकजना व्यक्तिलाई दुईवटा गोली लागेको चित्र बनाएका थिए । उनले आफूमा यस्तो सोंच नरोकिएको समेत नोटमा लेखेका थिए । उनले मेरो जीवन निकम्मा भयो, जताजतै रगत जस्ता शब्दसमेत लेखेका थिए ।

त्यसपछि तत्कालै इथान र उनका बाबुआमालाई बैठकमा बोलाएर इथानलाई ४८ घण्टाभित्र काउन्सिलिङको व्यवस्था गर्न भनिएको थियो । बैठकमा इथानका बन्दुकबारेका नोट पनि देखाइएको थियो । तर बन्दुकको चित्र र गोली हानेको चित्र जस्ता केही भाग इथानले च्यातेका थिए । काउन्सिलिङको व्यवस्था गर्न भन्दा बाबुआमाले इथानले विद्यालय छाड्ने कुराको विरोध गरेका थिए भने इथानलाई छाडेर विद्यालयबाट निस्केका थिए ।

केहीबेरपछि इथान कक्षा कोठामा फर्किएका थिए । त्यसको केही घण्टापछि झोलाबाट बन्दुक निकालेर फायर गर्दा ४ जनाको मृत्यु भयो भने ७ जना घाइते भएका थिए । जब गोली चलाएको समाचार बाहिर आयो उनकी आमा जेनिफरले मेसेज पठाएर त्यसो नगर्न भनेकी थिइन् । त्यसको १५ मिनेटपछि इथानका बाबु जेम्सले प्रहरीमा फोन गरेर घरबाट बन्दुक हराएको र आफ्नो छोराले गोली चलाएको हुनसक्ने जानकारी दिएका थिए ।

गोलीकाण्डमा ज्यान गुमाएका ४ विद्यार्थीहरु

पछि अनुसन्धानका क्रममा इथानका बाबुआमाले उक्त बन्दुक बेडरुममै खुलै राखेको र इथानले बोकेर विद्यालय आएको खुलेको थियो । इथानबिरुद्ध आतंकवाद, हत्या र अन्य अभियोगमा मुद्दा दायर गरिएको छ ।

अमेरिकामा पछिल्ला बर्षमा बन्दुक हिंशाका घटनामा उल्लेख्य बृद्धि भएको छ । हालै एफबीआईले बार्षिक अपराध रिपोर्ट सार्वजनिक गर्दै अघिल्लो बर्षको तुलनामा सन् २०२० मा अमेरिकामा नरसंहारमा २९ दशमलव ४ प्रतिशतले बृद्धि भएको जनाएको थियो  । सन् १९६० को दशकदेखि एफबीआईले अपराध रेकर्ड राख्न थालेयता नै अघिल्लोबषएको तुलनामा यति धेरै अपराधमा बृद्धि भएको पहिलोपटक भएको जनाइएको छ ।

सन् २०२० मा अमेरिकाभर २१ हजार ५ सय ७० नरसंहारका घटना भएको रिपोर्टमा उल्लेख छ । त्यस्तै अमेरिकामा सन् २०२० मा १३ लाख हिंशात्मक अपराधका घटनाहरु भएका छन् । जुन सन् २०१९ को तुलनामा ५ प्रतिशतले बढी हो । गतबर्ष २१ हजार ५ सयभन्दा धेरै हत्याका घटनाहरु भएका छन् । एकबर्षमा यति धेरै नससंहारका घटनाहरु सन् १९९० को मध्ययता पहिलोपटक रेकर्ड गरिएको हो ।

सन् १९८० र सन् १९९० को दशकमा भने अमेरिकामा नरसंहारका घटना सबैभन्दा बढी देखिएका थिए । त्यतीबेलाको तुलनामा भने हत्यादर ४० प्रतिशतले कम रहेको छ । रिपोर्ट अनुशार सन् २०२० मा नरसंहारका घटनाहरु जुन र जुलाईमा उच्च देखिएका थिए । त्यसपछिका महिनाहरुमा बढ्दै गएको देखिएको छ ।

एफबीआईएले हरेकबर्ष अपराधबारेको तथ्यांक रिपोर्ट तयार गर्नका लागि कानून कार्यान्वायन एजेन्सीहरुबाट अपराधबारेका तथ्यांकहरु संकलन गर्दै आएको छ । झण्डै १८ हजार त्यस्ता एजेन्सीहरुमध्ये सन् २०२० मा १५ हजार ८ सय ७५ ले अपराधका तथ्यांकहरु एफबीआईएलाई दिएका थिए । एजेन्सीहरुले तथ्यांक बुझाएको दर ८५ प्रतिशत रहेको थियो । त्यसैले यो रिपोर्ट केही अपूरो रहेको छ । यद्यपी यसले अमेरिकामा अपराधको परिदृश्यलाई भने झल्काएको छ ।

तर एफबीआईएले अपराधबारे भएका विभिन्न सर्वेक्षणमा पनि नजर राख्दै आएको छ । अपराध न्याय र कोभिड १९ का लागि राष्ट्रिय आयोगले गरेको एउटा सर्वेक्षणमा पनि अमेरिकामा नरसंहारका घटनामा ३० प्रतिशतले नै बृद्धि भएको देखाइएको छ । नरसंहारका घटनाहरु बन्दुक हिंशाका घटनासँग जोडिएका छन् । सन् २०१९ मा बन्दुक हिंशाका घटनामा ३९ हजार ५ सय ३८ जनाको मृत्यु भएको थियो भने सन् २०२० मा ४३ हजार ५५९ जनाको मृत्यु भएको थियो । जुन अघिल्लो बर्षको तुलनामा झण्डै ४ हजारले बढी हो ।

यूसीआरको रिपोर्ट अनुशार अमेरिकामा सन् २०२० मा भएका ७७ प्रतिशत हत्याका घटनामा बन्दुकको प्रयोग भएको थियो । सन् २०१९ मा भने ७४ प्रतिशत हत्याका घटनामा बन्दुकको प्रयोग भएको थियो । बन्दुक बिक्रिबारे कुनै तथ्यांक नभएपनि कोरोना महामारीमा अमेरिकामा बन्दुकको बिक्रिमा उल्लेख्य बिक्रि भएको स्वतन्त्र सर्वेक्षणहरुले देखाएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com