डेल्टा एयरलाइन्समा महिलाले बिरालोलाई स्तनपान गराएपछि यात्रुहरु त्रसित


प्रकाशित मिति : मंसिर १८, २०७८ शनिबार

डेल्टा एयरलाइन्समा एक महिलाले बिरालोलाई स्तनपान गराएपछि यात्रुहरु त्रसित भएका छन् । न्युयोर्कको सिराकसबाट एटलान्टा गइरहेको विमानमा उक्त घटना भएको हो ।

सिट नम्बर १३ एमा बसिरहेका एकजना यात्रुले रौं नभएको बिरालोलाई स्तनपान गराएको देखेपछि विमानका कर्मचारीले बिरालोलाई बिरालो बोक्ने झोलामा राख्न यात्रुसमक्ष अनुरोध गरेका थिए । तर ती यात्रुले विमानका कर्मचारीको अनुरोध अस्वीकार गरेको जनाइएको छ ।

त्यसपछि विमानबाट झर्ने बित्तिकै बिरालोलाई स्तनपान गराउने महिलालाई एटलान्टामा रेड कोट टिमले नियन्त्रणमा लिएको थियो । विमानका कर्मचारीका अनुशार ति महिलाले रौं नभएको बिरालोलाई कम्बलले ढाकेर स्तनपान गराउन खोजेकी थिइन् । कम्बलभित्र उक्त बिरालो मान्छेको बच्चा जस्तो देखिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बिरालो निस्सासिएको र जीवनका लागि चिच्याएको विमानका कर्मचारीको भनाई छ । एटलान्टामा अवतरण भइसकेपछि ती महिला र बिरालोलाई के गरियो भन्नेबारे भने खुलाइएको छैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com