३६वर्षका इब्राहिमकी ८२ वर्षीय श्रीमतीले खेप्नुपरेको आलोचना र यौन जीवनबारे रोचक खुलासा


प्रकाशित मिति : मंसिर १८, २०७८ शनिबार

८१ वर्षकी पेन्सनधारी आइरिस जोन्स र ३६ वर्षका मोहम्मद इब्राहिमको प्रेम आजकाल चर्चामा छ , बेलायतको यो जोडी विवाहको बन्धनमा बाँधिइसकेका छन् र अन्तरवार्ताका लागि पहिलो पटक एकसाथ स्टुडियो पुगेका छन् । यतिबेला यी दुईले उमेर अन्तरका कारण खेप्नुपरेको आलोचना, पुनर्मिलन र यौन जीवनबारे थुप्रै रोचक खुलासा गरे ।

विवाहपछि पहिलो पटक सँगै अन्तरवार्ताका लागि सोफामा बस्दा आइरिस निकै रोमान्चित देखिएकी थिइन् । भिसासम्बन्धि समस्याका कारण आइरिस यसअघिका शोहरुमा एक्लै देखिन्थिन् । इजिप्टका मोहम्मद यो वर्षको नोभेम्बर अघि चाहेर पनि आफ्नी श्रीमतीसँग बस्न सक्दैनथे । यी दुई फोनमार्फत् नै सम्पर्कमा रहन्थे । तर यसपटक भने मोहम्मदले भिसा पाए र उनले आइरिससँग शोमा देखिन ढिला गरेनन् ।

कार्यक्रम प्रस्तोतासँग आइरिसले लकडाउन र भिसा नपाएका कारण आफूहरुले ठूलो समस्याको सामना गर्नुपरेको बताइन् । आइरिसले भनिन्, ‘यसले हामीलाई बाँच्न नै मुश्किल पारिदिएको थियो । फोनमा कुरा गर्नु र मेसेजमा गुड नाइट र गुड मर्निङ भन्नु निकै बोरिङ भइसकेको थियो । म यति मात्रै सोच्थेँ कि आखिर उनी कहिले आउँछन् ।’

आफ्ना श्रीमानले यूकेको भिसा पाएको खबर पहिलो पटक सुन्दा आइरिसको आँखाको आँसु आएको उनले बताइन् । उनले भनिन्, ‘म टेस्कोमा थिएा र फलफूल–सागसब्जी किनिरहेकी थिएँ । त्यति नै बेला मलाई यसबारे थाहा भयो । मैले आफ्नो आँसु रोक्न सकिनँ । त्यहाँ भएकी एक असिस्टेन्टले भने, ‘तपाईं ठिक हुनुहुन्छ ?’ मैले जवाफ दिएँ, ‘हो, म बस् असाध्यै असाध्यै खुसी छु ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मोहम्मद र आइरिसको उमेरमा करिब ४५ वर्षको अन्तर छ । उमेर अन्तर र रोमान्सबारे यो जोडीले असाध्यै आलोचना झेलेको छ । यसबारे मोहम्मदले भने, ‘म आकाशमा उडिरहेको महसुस गरिरहेको छु । जब म यूके जान पाउँछु भन्ने थाहा भयो, म बाटोमै बेस्सरी चिच्याउन थालेँ । कतिले मलाई पागल सोचिरहेका थिए । अन्ततः म आफ्नी श्रीमतीलाई भेट्दै थिएँ । ’ मोहम्मदलाई लिन उनकी श्रीमती विमानस्थलमा पुगेकी थिइन् । आइरिसले यो पल आफ्नो लागि निकै विशेष रहेको बताइन् ।

यद्यपि, मोहम्मदले मानिसहरुको प्रतिक्रिया र आलोचनाका कारण आफूले निकै दबाब महसुस गरिरहेको बताए । यस्तै केहीले भने आइरिससँग उनको सम्बन्धलाई एउटा उद्देश्य बताउँछन् । उनले भने, ‘म बुझाउन सक्दिनँ तर हामी असाध्यै दबाबमा छौं । म बुझाउन सक्दिनँ कि केहीले हामीमाथि हमला गर्छन्, किन ? म काम गरिरहेको छु । मसँग बिजनेस एडमिनिस्ट्रेशन छ । म आइरिससँग केही चाहिएका कारण नजिक भएको होइन । म एक धनी व्यक्ति हुँ । काएरोमा मेरो आफ्नै बंगला पनि छ ।’

यसबारे आइरिसले भनिन्, ‘प्रेमले सबैलाई जित्छ । मोहम्मद निकै सफा–सुग्घर व्यक्ति हुन् । घरमा उनले अहिलेसम्म केही खसालेका छैनन् । उनले मलाई कफीका लागि अफर गर्छन् । अब हामी दुबै हाम्रो पहिलो क्रिसमस सँगै मनाउने योजना गरिरहेका छौं । मलाई मेरो छोरा, साथीभाइ वा कोही आफन्तले बोलाउलान् कि बोलाउँदैनन् भनेर थाहा छैन । उनीहरुले हामी दुईलाई सँगै क्रिसमस मनाउन छोडिदिन्छन् जस्तो लाग्छ । ’मोहम्मदले आफू सधैंका लागि आइरिससँग बस्ने योजना बनाइरहेको बताए ।

मोहम्मदसँग आफ्नो यौन जीवनको विषयमा आइरिस सधैं खुसी देखिन्छिन् । यसका लागि यो जोडी निकै चर्चित भइसकेको छ । आइरिस भन्छिन्, ‘मोहम्मद निकै चर्चित भइसकेको छ । ब्रिस्टलमा एक ट्याक्सी ड्राइभरले हामीलाई देख्ने बित्तिकै चिने ।’

उनी थप्छिन्, ‘जब मलाई कसैले सोध्छन् कि तपाईंले प्रेम कसरी पाउनुभयो ? म यतिमात्रै भन्छु कि तपाईं प्रेम नहेर्नुहोस्, प्रेम आफैंले तपाईंलाई खोज्नेछ ।’ एजेन्सी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com