मिसिगन हाइस्कुलमा गोली चलाउने १५ बर्षका विद्यार्थीविरुद्ध आतंकवाद र हत्याको अभियोग


प्रकाशित मिति : मंसिर १५, २०७८ बुधबार

अमेरिकाको मिसिगनमा रहेको अक्सफोर्ड हाइस्कुलमा गोली चलाउने १५ बर्षका विद्यार्थीलाई आतंकवाद, हत्या र अन्य अभियोगमा मुद्दा दायर गरिएको छ । मिसिगनमा ती विद्यार्थीले चलाएको गोलीबाट ४ जनाको मृत्यु भएको थियो ।

३ जनाको घटनास्थलमा नै मृत्यु भएकोमा चौथो विद्यार्थीको उपचारका क्रममा मृत्यु भएको छ ।

१५ बर्षका इथान क्रम्बलेले दिउसो दिउसो १२ बजेर ५१ मिनेटमा गोली चलाएका थिए । उनले चलाएको ह्याण्डगनबाट १६ बर्षका एकजना, १४ बर्षका एकजना ा र १७ बर्षका २ जना विद्यार्थीहरुको मृत्यु भएको थियो ।

घाइते ७ जनामा एकजना शिक्षक र ६ जना विद्यार्थीहरु रहेका छन् । उनीहरुलाई उपचारका लागि तीनवटा अस्पतालहरुमा भर्ना गरिएको छ । घाइतेमध्ये ६ जनाको अवस्था स्थीर रहेको जनाइएको छ ।

अक्सफोर्ड कम्युनिटी विद्यालय साताभरका लागि बन्द गरिएको छ । घटनास्थलमा १५ देखि २० राउण्डसम्म गोली चलेको जनाइएको छ ।

अमेरिकामा पछिल्ला बर्षमा बन्दुक हिंशाका घटनामा उल्लेख्य बृद्धि भएको छ । हालै एफबीआईले बार्षिक अपराध रिपोर्ट सार्वजनिक गर्दै अघिल्लो बर्षको तुलनामा सन् २०२० मा अमेरिकामा नरसंहारमा २९ दशमलव ४ प्रतिशतले बृद्धि भएको जनाएको थियो  । सन् १९६० को दशकदेखि एफबीआईले अपराध रेकर्ड राख्न थालेयता नै अघिल्लोबषएको तुलनामा यति धेरै अपराधमा बृद्धि भएको पहिलोपटक भएको जनाइएको छ ।

सन् २०२० मा अमेरिकाभर २१ हजार ५ सय ७० नरसंहारका घटना भएको रिपोर्टमा उल्लेख छ । त्यस्तै अमेरिकामा सन् २०२० मा १३ लाख हिंशात्मक अपराधका घटनाहरु भएका छन् । जुन सन् २०१९ को तुलनामा ५ प्रतिशतले बढी हो । गतबर्ष २१ हजार ५ सयभन्दा धेरै हत्याका घटनाहरु भएका छन् । एकबर्षमा यति धेरै नससंहारका घटनाहरु सन् १९९० को मध्ययता पहिलोपटक रेकर्ड गरिएको हो ।

सन् १९८० र सन् १९९० को दशकमा भने अमेरिकामा नरसंहारका घटना सबैभन्दा बढी देखिएका थिए । त्यतीबेलाको तुलनामा भने हत्यादर ४० प्रतिशतले कम रहेको छ । रिपोर्ट अनुशार सन् २०२० मा नरसंहारका घटनाहरु जुन र जुलाईमा उच्च देखिएका थिए । त्यसपछिका महिनाहरुमा बढ्दै गएको देखिएको छ ।

एफबीआईएले हरेकबर्ष अपराधबारेको तथ्यांक रिपोर्ट तयार गर्नका लागि कानून कार्यान्वायन एजेन्सीहरुबाट अपराधबारेका तथ्यांकहरु संकलन गर्दै आएको छ । झण्डै १८ हजार त्यस्ता एजेन्सीहरुमध्ये सन् २०२० मा १५ हजार ८ सय ७५ ले अपराधका तथ्यांकहरु एफबीआईएलाई दिएका थिए । एजेन्सीहरुले तथ्यांक बुझाएको दर ८५ प्रतिशत रहेको थियो । त्यसैले यो रिपोर्ट केही अपूरो रहेको छ । यद्यपी यसले अमेरिकामा अपराधको परिदृश्यलाई भने झल्काएको छ ।

तर एफबीआईएले अपराधबारे भएका विभिन्न सर्वेक्षणमा पनि नजर राख्दै आएको छ । अपराध न्याय र कोभिड १९ का लागि राष्ट्रिय आयोगले गरेको एउटा सर्वेक्षणमा पनि अमेरिकामा नरसंहारका घटनामा ३० प्रतिशतले नै बृद्धि भएको देखाइएको छ । नरसंहारका घटनाहरु बन्दुक हिंशाका घटनासँग जोडिएका छन् । सन् २०१९ मा बन्दुक हिंशाका घटनामा ३९ हजार ५ सय ३८ जनाको मृत्यु भएको थियो भने सन् २०२० मा ४३ हजार ५५९ जनाको मृत्यु भएको थियो । जुन अघिल्लो बर्षको तुलनामा झण्डै ४ हजारले बढी हो ।

यूसीआरको रिपोर्ट अनुशार अमेरिकामा सन् २०२० मा भएका ७७ प्रतिशत हत्याका घटनामा बन्दुकको प्रयोग भएको थियो । सन् २०१९ मा भने ७४ प्रतिशत हत्याका घटनामा बन्दुकको प्रयोग भएको थियो । बन्दुक बिक्रिबारे कुनै तथ्यांक नभएपनि कोरोना महामारीमा अमेरिकामा बन्दुकको बिक्रिमा उल्लेख्य बिक्रि भएको स्वतन्त्र सर्वेक्षणहरुले देखाएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com