अमेरिकी विदेशमन्त्रालयबाट दूतावास र कन्सुलेटलाई भिसाको प्राथमिकताबारे तजविज अधिकार प्रदान


प्रकाशित मिति : मंसिर ६, २०७८ सोमबार

अमेरिकी दूतावास काठमाडौं

अमेरिकी विदेशमन्त्रालयबाट अमेरिकी दूतावास र कन्सुलेटलाई भिसाको प्राथमिकताबारे तजविज अधिकार प्रदान गरिएको छ । सन् २०२० को नोभेम्बरमा विभिन्न भिसाको प्राथमिकता निर्धारण गरिएकोमा उक्त प्राथमिकता अदालतले खारेज गरिदिएको थियो ।

अब कुन भिसा प्राथमिकताका साथ जारी गर्ने भन्ने सन्दर्भमा अमेरिकी दूतावास र कन्सुलेटले तजविज अधिकार प्रयोग गर्न सक्ने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । पुरानो प्राथमिकता अनुशार डाइभर्सिटी भिसा र रोजगारमा आधारित भिसालाई सबैभन्दा कम प्राथमिकता दिइएको थियो भने अमेरिकी नागरिकका परिवारका सदस्यहरुलाई दिइने भिसा उच्च प्राथमिकतामा राखिएको थियो ।

विदेश मन्त्रालयको ब्यूरो अफ कन्सुलर अफेयर्सले सबै कन्सुलर सेवामा भिसा अन्तरवार्ताका लागि प्रतिक्षा अवधि घटाउन ध्यान केन्द्रीत गर्ने जनाएको छ । स्थानीय अवस्था र कोरोना सम्बन्धित प्रतिबन्धहरुलाई ख्याल गरेर अबदेखि स्थानीय दूतावास र कन्सुलेटहरुले आफूहरुले चाहेको भिसा श्रेणीलाई तजविज अधिकारका आधारमा अन्तरवार्ता तय गर्न सक्नेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विगतमा प्राथमिकतामा आधारमा भिसा जारी गर्दा कैयन डिभी विजेताहरुले भिसा पाउन सकेका थिएनन् भने रोजगारमा आधारित आप्रवासी भिसा आवेदकहरु पनि लामोसमयदेखि प्रतिक्षारत थिए । त्यस्तै ग्रिनकार्ड वाहकका दम्पत्ति र २१ बर्ष नपुगेका छोराछोरीहरुको आवेदनको ब्याकलग पनि चर्को रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com