एनआरएनएलाई दलको भ्रातृ सङ्गठन बनाउन हुँदैन : अध्यक्ष तिमिल्सिना


प्रकाशित मिति : कार्तिक २८, २०७८ आईतबार

sf7df8f}F, @* sflQsM a]lNhod bk{0f ljdf]rg u}/cfjf;Lo g]kfnL ;ª3 -Pgcf/PgP_ a]lNhodåf/f k|sfzg ul/Psf] a]lNhod bk{0fsf] cfOtaf/ sf7df8f}Fdf ljdf]rg ub}{ /fli6«;efsf cWoIf u0f]zk|;fb ltldlN;gfnufot . tl:a/M s[i0f clwsf/L÷/f;;

राष्ट्रिसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)लाई कुनै दल विशेषको भ्रातृ सङ्गठनका रुपमा नभई विदेशमा रहेका नेपालीको साझा थलोका रुपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभएको छ ।

एनआरएनए बेल्जियमद्वारा प्रकाशन गरिएको बेल्जियम दर्पणको आज यहाँ विमोचन गर्दै उपाध्यक्ष तिमिल्सिनाले संस्थालाई कसैले पनि व्यक्तिगत स्वार्थपूर्तिको माध्यम बनाउन हुँदैन भन्नुभयो ।

एनआरएनएमा शुद्धीकरणको अभियान बेल्जियमबाटै सुरु गर्न आग्रह पनि उहाँले आग्रह गर्नुभयो । नेपालको प्राकृतिक विपद्, कोरोना सङ्क्रमणजस्ता कठिनाइको अवस्थादेखि विकास निर्माणमा एनआरएनए बेल्जियमबाट महत्वपूर्ण सहयोग प्राप्त भएको उल्लेख गर्दै अध्यक्ष तिमिल्सिनाले संसद्मा विचाराधीन नागरिकतासम्बन्धी विधेयकलाई पारित गराउने विषयमा आफूले सकारात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा समावेशी आयोगका सदस्य पुष्प तिमिल्सिनाले अध्ययन वा कामको सिलसिलामा विदेश पुगेका जो कोही नेपालीले पनि आफूले आर्जन गरेको ज्ञान र पुँजी स्वदेशमै लगाउनुपर्नेमा जोड दिनुभयो । एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठले नेपालको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा एनआरएनएले पु¥याएको योगदान सम्झनलायक रहेको बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एनआरएनए बेल्जियमका अध्यक्ष खड्कबहादुर केसीले नेपाली भाषा, कला र संस्कृतिका बारेमा नयाँपुस्तालाई अवगत गराउँदै उनीहरुमा मातृभूमिप्रतिको प्रेम जागृत गराउने उद्देश्यले पहिलोपटक स्मारिका प्रकाशन गरिएको बताउँदै आफ्नो कार्यकालमा संस्थालाई सामाजिक र परोपकारी संस्थाका रुपमा थप उन्नतशील बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

एनआरएनए बेल्जियमका पूर्वअध्यक्ष चित्र सुवेदी, एनआरएनएका अभियन्ता रुद्र शर्मा र संस्थाका सचिव सुभास भट्टले एनआरएनए बेल्जियमका गतिविधि र एनआरएनएमा पछिल्लो समय देखिएका विकृति विसङ्गति अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com