दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अदलीबदली सुरु


प्रकाशित मिति : कार्तिक २४, २०७८ बुधबार

संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा तैनाथ हुन प्रमुख सेनानी सरोज राणाको नेतृत्वमा चन्दननाथ गणको आठौं डफफाको पहिलो शान्ति सेना टोली मङ्गलबार त्यसतर्फ प्रस्थान गरेको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, चार्टर फलाइटमार्फत गएको उक्त टोलीमा २१६ जना नेपाली शान्ति सैनिक काठमाडौंँबाट मङ्गलबार राति मिसन ईलाकातर्फ प्रस्थान गरेका हुन् । हाल त्यहाँ तैनाथ गोरखबहादुर गण शान्ति सेनाको सातौं डफफालाई बदली गर्न उक्त टोली गएको हो । विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनाका लागि नेपाली सेना विभिन्न संयुक्त राष्ट्रसङ्घको शान्ति मिसनमा रही महत्वपूर्ण योगदान पु¥याउदै आइरहेको छ ।

विश्वमा शान्ति सैनिकको सङ्ख्या धेरै पठाउने मुलुकको सूचीमा नेपाल दोस्रो वरियतामा छ । नेपाली शान्ति सैनिकलाई विश्वका विभिन्न ४३ शान्ति मिसनमा परिचालित भई काम गरिसकेको अनुभव छ । हाल विश्वका १२ स्थानमा तैनाथ राष्ट्रसङ्घीय मिसनमा २०० महिला सैनिकसहित पाँच हजार २२९ नेपाली शान्ति सैनिक परिचालित छन् ।

कोभिड–१९ सङ्क्रमण जोखिमबीचमा पनि शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीतिअनुरुप सेनाले अदलीबदलीका समयमा सम्पूर्ण सुरक्षा सतर्कता अपनाउँदै आएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com