नाइट फायर क्याम्पको उत्कृष्ट पर्यटकीय गन्तव्य कालिपोखरी


प्रकाशित मिति : कार्तिक १९, २०७८ शुक्रबार

पछिल्लो केही वर्षयता रोल्पाको कालिपोखरीमा पर्यटकीय चहलपहल बढ्न थालेको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि सरकारले लागू गरेको बन्दाबन्दी र निषेधाज्ञाले प्रायः बन्द जस्तै रहेको कालिपोखरीमा विस्तारै पर्यटकीय चहलपहल बढ्न थालेको हो । योसँगै कालिपोखरी नाइट फायरक्याम्पका रूपमा समेत महत्वपूर्ण गन्तव्य बन्न थालेको छ ।

रात बिताएर आनन्द लिनेहरुको सङ्ख्या बढ्दै जान थालेसँगै यसलाई नाइट फायरक्याम्पका रूपमा लिन थालिएको हो । रोल्पा सदरमुकाम लिवाङवाट चार किलोमिटर दूरीमा रहेको सो स्थानमा शुक्रबार रात बिताएर मनोरञ्जन लिनेहरूको सङ्ख्या बढ्न थालेको हो । हप्ताभर काम गरेर एक दिन आराम लिन चाहने सरकारी कर्मचारी तथा व्यवसायी नाइट फायर क्याम्पका रूपमा कालिपोखरी जान थालेको स्थानीयवासीसमेत रहनुभएका नेपाल पत्रकार महासङ्घ रोल्पाका निवर्तमान अध्यक्ष महेश न्यौपानेले बताउनुभयो ।

हप्ताभरको कोलाहल वातावरणमा काम गर्ने कर्मचारी एक रात एकान्तमा बसेर आराम गर्ने स्थानका रुपमा यसलाई लिन थालेको उहाँको भनाइ छ । हप्ताभरको कार्यबोझले तनाव भएको मनस्थिति र शरीरलाई आराम दिन आफू नाइट फायर क्याम्पका लागि साथीसँग कालिपोखरी पुगेको होलिभिजन आवासीय मावि लिवाङका शिक्षक सुवास लामिछानेले जानकारी दिनुभयो ।

कालिपोखरीको आनन्दमोहक दृश्य र वातावरणले हप्ताभरको तनाव बिर्साइदिने गरेको उहाँको भनाइ छ । हप्तामा एक दिन यसरी नाइट फायर क्याम्पमा जाँदा अघिल्लो हप्ताको तनाव बिर्साउनुका साथै आगामी हप्ताको कामका लागि ऊर्जा मिलेको महसुस भएको कालिपोखरी पुगेका अर्का शिक्षक विराट केसीले भन्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

समुद्र सतहदेखि दुई हजार १०० मिटरको उचाइमा रहेको सो स्थानबाट सूर्योदय र सूर्यास्तको मनमोहक दृश्य देखिनुका साथै साविक राप्ती अञ्चलका सबै जिल्ला दृश्यावलोकन गर्न सकिने कालिपोखरी पर्यटन विकास समितिका अध्यक्ष खिमप्रसाद न्यौपानेले बताउनुभयो । पर्यापर्यटनको दृष्टिकोणले राम्रो सम्भावना बोकेको सो क्षेत्रको विकासका लागि अघिल्लो वर्ष रोल्पा नगरपालिकाले केही बजेटसमेत खर्च गरिसकेको छ । पर्यटकीय क्षेत्रको आधारभूत संरचना निर्माणका लागि रोल्पा नगरपालिका–४ ले केही बजेटसमेत विनियोजन गरेको अध्यक्ष न्यौपानेको भनाइ छ ।

जिल्ला सदरमुकामदेखि सबैभन्दा नजिकको दूरीमा रहेको सो क्षेत्र आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको बताइएको छ । विशेषगरेर शुक्रबार राति नाइट फायर क्याम्पको रूपमा र शनिबार दिउँसो पर्यावरणीय आनन्द लिन पर्यटक कालिपोखरी पुग्ने गरेको कालिपोखरी पर्यटन विकास समितिका सचिव ब्रेकफास्ट कुइक न्यौपानेले जानकारी दिनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com