अब अमेरिकी पासपोर्ट ५ देखि ७ हप्तामै, आपतकालिन यात्रामा शीघ्र अप्वाइन्टमेन्ट


प्रकाशित मिति : कार्तिक १५, २०७८ सोमबार

अमेरिकी सरकारको विदेश मन्त्रालयले नयाँ पासपोर्टको आवेदन प्रकृयामा लैजाने मिति घटाएको छ । कोरोना महामारीका कारण पासपोर्ट प्राप्त गर्न लामो समय लाग्दै आएकोमा अबदेखि अमेरिकी पासपोर्ट विगतको तुलनामा छिटो प्राप्त गर्न सकिनेछ ।

अतिरिक्त ६० डलर तिरेर आवेदनलाई शीघ्र प्रकृयामा लगेको खण्डमा ५ देखि ७ हप्ताभित्र पासपोर्ट प्राप्त गर्न सकिनेछ । नियमित पासपोर्ट आवेदनका सन्दर्भमा भने ८ देखि ११ हप्ताभित्र पासपोर्ट प्राप्त गर्न सकिनेछ ।

पासपोर्ट आवेदन हुलाकमार्फत पठाएको मिति वा स्थानीय पासपोर्ट आवेदन केन्द्रमा आवेदन बुझाएको मितिदेखि नभई अमेरिकी विदेशमन्त्रालयको पासपोर्ट एजेन्सी वा सेन्टरमा आवेदन प्राप्त भएको मितिबाट दिनको गणना गरिने जनाइएको छ । अमेरिकी विदेश मन्त्रालयले आफूहरु अतिशीघ्र पासपोर्ट आवेदन प्रकृयामा लैजानेमा प्रतिबद्ध रहेको जनाएको छ ।

अमेरिकी पासपोर्ट

अक्टोबरको सुरुमा नियमित आवेदनका सन्दर्भमा १४ हप्तासम्म र अतिरिक्त शुल्क तिरेर तीब्र प्रकृयाको आवेदनका सन्दर्भमा १० हप्तासम्म लाग्ने गरेको बताइएको थियो । जुलाई र अगस्तमा ब्याकलगका कारण ६० डलर अतिरिक्त शुल्क तिरेको खण्डमा १२ हप्ताभित्र र नियमित आवेदनका सन्दर्भमा १८ हप्ताभित्र पासपोर्ट आवेदन प्रकृयामा लगिदै आएको थियो । महामारीभन्दा अगाडि नियमित आवेदनका सन्दर्भमा पनि ६ देखि ८ हप्ताभित्र पासपोर्ट प्राप्त गरिदै आएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आवेदकले आपतकालिन यात्राका सन्दर्भमा शीघ्र अप्वाइन्टमेन्टका लागि पनि अनुरोध गर्न सक्नेछन् । आपतकालिन रुपमा अप्वाइन्टमेन्ट लिन चाहनेहरुले राष्ट्रिय पासपोर्ट सुचना केन्द्रको १ ८७७ ४८७ २७७८ नम्बरमा विहान ८ बजेदेखि राती १० बजेसम्म फोन गरेर अप्वाइन्टमेन्ट लिन सक्नेछन् । तर त्यसका लागि जीवन र मृत्युको आपतकालिन अवस्था भएको हुनुपर्नेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com