बहराइनमा तीन देखि ११ बर्षका बालबालिकालाई सिनोफार्म खोप लगाउन अनुमति


प्रकाशित मिति : कार्तिक १०, २०७८ बुधबार

बहराइनमा ३ बर्षदेखि ११ बर्षसमूहका बालबालिकालाई पनि सिनोफार्म खोप लगाउन अनुमति दिइएको छ । बहराइनका स्वास्थ्य अधिकारीहरूले देशभरका सो उमेर समूहका बालबालिकाहरुलाई खोप लगाउनु उपयुक्त हुने निश्कर्ष निकालेका हुन् ।

बालबालिकाहरुलाई खोप लगाउने बारेमा मङ्लबार निर्णय भएको र बुधबारदेखि फाराम भर्न पाइने व्यवस्थासमेत गरिएको अधिकारीहरूले जनाएका छन् ।

स्वास्थ्य क्षेत्रका विज्ञ तथा सरोकारवालाहरुको सिफारिसका आधारमा आफुहरुले बालबालिकालाई पनि खोप लगाउने प्रक्रिया सुरु गरेको सरकारी स्वास्थ्य अधिकारीहरुको भनाइ छ ।

बालबालिकालाई खोप लगाउनेसम्वन्धी निर्णयको विस्तृत विवरण भने स्वास्थ्य मन्त्रालयको वेभसाइट राखिएको उनीहरुले बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बहराइनको राष्ट्रिय चिकित्सा कार्यदलले कोरोनाभाइरसविरुद्ध लड्न विभिन्न उपायहरु अपनाउने शिलशिलामा बालबालिकाहरूलाई पनि खोप लगाउन थालेको हो ।

बालबालिकालाई पनि कोरोनाभाइरस विरुद्धको खोप लगाउने निर्णयबाट देशवासी खुशी भएका छन् भने सरकारी अधिकारीहरुले पनि महामारी नियन्त्रण हुने अपेक्षा गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com