पाँच वर्षमाथिका बालबालिकालाई कोरोनाविरुद्धको खोप दिन अमेरिकी विज्ञको सिफारिस


प्रकाशित मिति : कार्तिक ९, २०७८ मंगलबार

अमेरिकी सरकारको एउटा प्यानलले फाइजररबायोएनटेक खोप ५ देखि ११ वर्षका बालबालिकालाई दिनुपर्ने भन्दै त्यसका लागि सिफारिस गरेको छ। खाद्य तथा औषधिसम्बन्धी प्रशासन (एफडिए) का विज्ञहरूले मङ्गलवार उक्त कदमको समर्थन गरेपछि केही साताभित्रै अनुमति दिने बाटो खुलेको हो।

सेप्टेम्बरमा, खोप निर्माता कम्पनीले परीक्षणबाट उक्त उमेर समूहका बालबालिकाका लागि खोप सुरक्षित रहेको देखाएको जनाएको थियो।

अमेरिकाले उक्त खोप १२ वर्षमाथिकालाई यसअघि नै दिन थालेको हो। ५ देखि ११ वर्ष उमेरका बालबालिकालाई वयस्कलाई दिइएको खोपको एक तिहाइ मात्रा दिइनेछ।

अमेरिकाको आधिकारिक तथ्याङ्क अनुसार महामारी सुरु भएयता कोभिडका कारण ५ देखि ११ वर्ष उमेरका १६० बालबालिकाको ज्यान गएको छ।  यसैबीच यूकेले भने १२ देखि १५ वर्ष उमेरका बालबालिकालाई खोप दिन भर्खरै सुरु गरेको छ। बिबिसीबाट

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com