सुडानमा सैन्य ‘कू’ विरुद्ध प्रदर्शन, सातको मृत्यु, १४० घाइते


प्रकाशित मिति : कार्तिक ९, २०७८ मंगलबार

सुडानमा सेनाले सोमबार गरेको कूका विरुद्धमा व्यापक विरोध प्रदर्शन भइरहेको छ । प्रदर्शनलाई नियन्त्रण गर्न सरकारी सुरक्षाकर्मीहरुले दमन गर्दा कम्तीमा सात जनाको मृत्यु भएको छ भने अरु १४० जना घाइते भएका छन् । नागरिक अगुवा र सैनिक प्रतिनिधिहरु सामेल भएर बनाइएको सरकारलाई अपदस्त गर्दै सैनिक नेतृत्वले सैन्य शासन लागू भएको घोषणा गरेपछि विरोध प्रदर्शन सुरु भएको हो ।

प्रदर्शनका लागि हजारौ नागरिक सडकमा उत्रिएका छन भने प्रदर्शनलाई निस्तेज पार्न सुरक्षाकर्मीहरु पनि ठूलो संख्यामा परिचालन गरिएका छन् । अन्तरिम सरकारलाई बर्खास्त गरेको घोषणा गर्दै तत्कालिन प्रधानमन्त्री अब्दल्ला हम्डकसहित राजनीतिक दलका धेरै नेताहरुलाई सेनाले नियन्त्रणमा लिएको छ ।सैनिक सरकारले सङ्कटकालको घोषणा गरेपछि राजधानी खार्तुममा घरघरमा पुगेर प्रदर्शनका आयोजकहरूलाई पक्राउ गरेको छ ।

सैन्य कूको विश्वभरिबाट पनि विरोध भइरहेको छ । अमेरिकाले सैन्य कूप्रति आपत्ति जनाउदै सुडानलाई सहायता स्वरूप दिने भनेको ७० करोड डलर नदिने घोषणा पनि गरेको छ । तर कूको नेतृत्व गरेका सैन्य प्रमुख जनरल अब्देल फतह बुर्हानले भने दलहरूबीचको राजनीतिक झगडाका कारण सेनाले राजनीतिक जिम्मेवारी पनि लिनु परेको स्पष्ट पार्नु भएको छ ।

सुडानमा लामो समय शासन गरेका ओमार अल बशिरलाई दुई वर्षअघि हटाइएपछि त्यसयता सेना र राजनीतिक दलका नेताहरूबीच द्वन्द्व चर्कँदै आएको छ ।प्रदर्शनमा महिलाहरुको पनि उल्लेख्य सहभागीता देखिएको छ । प्रदर्शनकारी सवैले सैन्य शासन आफूहरुलाई अस्विकार्य रहेको बताउने गरेका छन् । उनीहरुले सैनिक मुख्यालय अगाडि नै प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरुले सडक अवरुद्ध गर्नुका साथै सडकमा डायर बाल्ने, नारा जुलुश गर्नेलगायतका विरोधका कार्यक्रमहरु गरिरहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विमान सेवा, सञ्चार सेवा, इन्टरनेट सेवालगायतमा भने सरकारले नै अवरोध गरेको छ ।प्रदर्शनका क्रममा सुरक्षाकर्मीहरुले गोली प्रहार गरी घाइते भएकाहरुलाई राजधानी खार्तुमका विभिन्न अस्पतालहरुमा उपचार गराइएको छ । सैन्य कूको विरुद्धमा चिकित्सकहरु समेत आन्दोलित भएकाले चिकित्सकहरूले पनि आकस्मिक सेवामा बाहेक सेनाले चलाएको अस्पतालमा काम गर्न अस्वीकार गरेका छन् । त्यसैगरी केन्द्रीय बैङ्कका कर्मचारीसहित विभिन्न पेशा, व्यवसाय र रोजगारीमा रहेकाहरु पनि आन्दोलित भएका छन् ।

देशका विभिन्न ठाउँमा दर्जनौ प्रदर्शनकारीहरु भेला भएर सेनाको कदमको विरोध गरेका छन् । प्रदर्शनकारीहरुले सेनाले सैन्य कू गरेको बताएका छन् । उनीहरुले नागरिकसहितको सरकारलाई नै कार्यअधिकार दिन माग गरेका छन् । तत्कालीन राष्ट्रपति बशिरको विरोधमा संगठित भएको सुडानिज प्रफेसनल एसोसिएसन र फोर्सेस फर फ्रिडम एन्ड चेन्जले सैनिक विद्रोहको प्रतिरोध गर्न आम जनतासमक्ष अनुरोध गरेको छ ।

तत्कालिन सरकारले मूल्यबृद्धि त्यसका विरुद्धमा सन् २०१९ मा सुरु भएको आन्दोलनले त्यो सरकार ढलाएर नयाँ सरकार गठन गरेको थियो । प्रधानमन्त्री अब्दल्ला हम्डकको सरकार सुडानमा उत्पन्न राजनीतिक गतिरोध अन्त्यका लागि नागरिक स्तरको संक्रमणकालीन सरकारका रुपमा गठन भएको थियो । सर्वपक्षीय सहमतीमा बनेको नागरिक र सैन्य अधिकारीसहितको संयुक्त सरकारलाई समेत अहिले सेनाले अपदस्त गरेको हो । रासस/एएनआई

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com