प्रधानमन्त्रीसहित दर्जनौ नेता सेनाको नियन्त्रणमा


प्रकाशित मिति : कार्तिक ८, २०७८ सोमबार

सुडानको सेनाले प्रधानमन्त्री अब्दल्ला हम्डकसहित दर्जनौ नेताहरुलाई गरिफ्तार गरेको छ । प्रधानमन्त्री हम्डकलाई अपदस्थ नै गरेर सेनाले सत्ता पनि नियन्त्रणमा लिएको विदेशी सञ्चार माध्यमहरुद्धारा जारी समाचारमा उल्लेख छ । संचार मन्त्रालयले प्रधानमन्त्री हम्डकलाई सेनाको नियन्त्रणमा राखिएको पुष्टि गरेको छ । सोमबार सत्ताविद्रोह गरेको सेनाले प्रधानमन्त्रीलाई पदत्याग गर्न भनेपनि उहाँले अस्वीकार गरेपछि सेनाले प्रधानमन्त्री हम्डकलाई नियन्त्रणमा लिएको हो । उहाँलाई अहिले सेनाले अज्ञात स्थलमा राखेको छ ।

नागरिक अगुवाहरु समेत सम्मिलित सुडानी सरकार र सेनाका बीचमा पछिल्लो केही समयदेखि सम्वन्धमा तिक्तता आएको थियो । सत्ता कब्जा गरेको सेनाले देशभरी इन्टरनेटलगायतका सञ्चार सेवाहरु अवरुद्ध गरेको छ । त्यसैगरीे राजधानी खार्तुम ओहोरदोहोर गर्ने मुख्य सडक र पुलहरु बन्द गरिएका छन् ।
सेनाको कदमको विरुद्धमा प्रदर्शन समेत हुन थालेको छ भने प्रदर्शनमा सहभागीहरुलाई सेनाले गिरफ्तार गरेको छ ।

देशका विभिन्न ठाउँमा दर्जनौ प्रदर्शनकारीहरु भेला भएर सेनाको कदमको विरोध गरेका छन् । प्रदर्शनकारीहरुलाई तितरवितर पार्न सेनाले अश्रुग्यास प्रहार गर्नेलगायतका प्रतिरोधात्मक कदमहरु पनि चालेको छ । प्रदर्शनकारीहरुले सेनाले सैन्य कु गरेको बताएका छन् । उनीहरुले नागरिकसहितको सरकारलाई नै कार्यअधिकार दिन माग गरेका छन् ।

तत्कालीन राष्ट्रपति बशिरको विरोधमा संगठित भएको सुडानिज प्रफेसनल एसोसिएसन र फोर्सेस फर फ्रिडम एन्ड चेन्जले सैनिक विद्रोहको प्रतिरोध गर्न आम जनता समक्ष अनुरोध गरेको छ ।तत्कालिन सरकारले मुल्यबृद्धि त्यसका विरुद्धमा सन् २०१९ मा सुरु भएको आन्दोलनले त्यो सरकार ढलाएर नयाँ सरकार गठन गरेको थियो । प्रधानमन्त्री अब्दल्ला हम्डकको सरकार सुडानमा उत्पन्न राजनीतिक गतिरोध अन्त्यका लागि नागरिक स्तरको संक्रमणकालीन सरकारका रुपमा गठन भएको थियो । एएफपी

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सर्वपक्षीय सहमतिमा बनेको नागरिक र सैन्य अधिकारीसहितको संयुक्त सरकारलाई समेत अहिले सेनाले अपदस्त गरेको हो । नागरिक अगुवासहितको सरकारलाई अपदस्त गरेकोप्रति अन्तर्राष्ट्रिय समुदायबाट पनि चर्को विरोध भएको छ । संयुक्त राज्य अमेरिकाले सुडानी सेनाले गरेको सत्ताविद्रोह प्रति आपत्ति जनाएको छ ।

सुडानका लागि अमेरिकी दूत जेफ्री फेल्टम्यानले विज्ञप्ति प्रकाशन गरी नागरिक सरकारप्रतिको सुडानी जनताको चाहनालाई सैनिक विद्रोहले कुठाराघात गरेको उल्लेख गर्नु भएको छ । एजेन्सी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com