अमेरिकाले दिएको १ लाख फाइजर खोप भोलि नेपालआइपुग्ने, खोप दीर्घरोगी बालबालिकालाई लगाइने


प्रकाशित मिति : कार्तिक ७, २०७८ आईतबार

अमेरिकाले नेपाललाई १ लाख ६ सय २० डोज फाइजर खोप पठाउने भएको छ । नेपालस्थित अमेरिकी दूतावासले ट्वीटरमार्फत यसबारे जानकारी दिएको हो । यसअघि गत जुलाईमा १५ लाख ३० हजार डोज जोन्सन एन्ड जोन्सनको खोप पठाएको थियो ।

अमेरिकाबाट आउने खोप १२ वर्षदेखि १८ वर्षमुनिका दीर्घरोगी किशोर–किशोरीलाई लगाइने स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभएको छ ।

खोप सोमबार अर्थात भोलि नेपाल आइपुग्ने पौडेलले बताउनु भयो । खोप दिन प्रयोग गरिने सिरिज भने आज नै आइपुग्ने यहाँले बताउनुभयो ।   तिहार र छठ पर्व सकिएपछि खोप कार्यक्रम सुरु हुने जनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com