रुसमा बढ्यो कोरोना सङ्क्रमण, एकैदिन एक हजारभन्दा बढीको मृत्यु


प्रकाशित मिति : कार्तिक ७, २०७८ आईतबार

रुसमा पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण निकै बढ्दै गएको देखिएको छ । यहाँ एकै दिनमा अहिलेसम्मकै सबैभन्दा बढीको सङ्क्रमणबाट मृत्यु भएको छ ।

रुसका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार गएको २४ घन्टामा त्यहाँ १ हजार ७५ जनाको ज्यान गएको छ । यो संख्या यहाँ कोरोना भाइरसको सङ्क्रमण सुरु भएपछिकै सबैभन्दा बढी हो ।

यहाँ यो भाइरसको सङ्क्रमणबाट २ लाख २९ हजार ५२८ जनाको ज्यान गएको छ । रुसका स्वास्थ्य अधिकारीहरुले पछिल्ला केही हप्तामा यहाँ भाइरसबाट ज्यान जानेहरुको संख्या बढ्दो रहेको छ ।

शनिबार यहाँ ३७ हजार ६७८ जना यो सङ्क्रमणबाट सङ्क्रमित भएको जनाइएको छ । यो समेत गरी रुसमा ८२ लाखभन्दा बढी नागरिक सङ्क्रमित भएका छन् । रासस/सिन्ह्वा

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com