अमेरिकाले ५० लाख डलर टाउकोको मूल्य तोकेको लागू औषध तस्कर पक्राउ


प्रकाशित मिति : कार्तिक ६, २०७८ शनिबार

कोलम्बियाको सबैभन्दा कुख्यात लागू औषध तस्कर र सबैभन्दा ठूलो आपराधिक समूहका प्रमुख पक्राउ परेका छन्। ओटोनियल भनिने डेरो एन्टोनियो उसुगालाई सेना, वायुसेना र प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको थियो ।

कोलम्बियाले ओटोनियल भनिने डेरो एन्टोनियो उसुगाबारे जानकारी दिनेलाई आठ लाख अमेरिकी डलर पुरस्कार घोषणा गरेको थियो। अमेरिकाले उनको टाउकोको मूल्य ५० लाख डलर तोकेको थियो।

कोलम्बियाका राष्ट्रपति इभान ड्यूकले एक टेलिभिजन सन्देशमा ओटोनियलको गिरफ्तारीबारे बोल्दै भनेस् ‘हाम्रो देशमा यो शताब्दीमा लागुऔषध तस्करीविरुद्ध यो सबैभन्दा ठूलो सफलता हो।’ ‘यो गिरफ्तारी सन् १९९० को दशकमा पाब्लो एस्कोबारको पतनसँग मात्रै तुलना गर्न सकिन्छ।’सन् २००९ मा अमेरिकामा उनीलाई आपराधिक क्रियाकलापका लागि मुद्दा दर्ता गरिएकाले उनलाई सुपुर्दगी गर्ने प्रक्रिया चलेर अन्ततः न्यूयोर्कको अदालतमा उपस्थित गराइने बताइन्छ।

ओटोनियललाई अमेरिका कोकिन पठाएको, प्रहरी अधिकृतहरूको हत्या गरेको र बालबालिकालाई आपराधिक क्रियाकलापमा संलग्न गराएको जस्ता आरोप लगाइने बताइएको छ।एजेन्सी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com