अध्यागमन न्यायाधिसले बर्षमा ७ सय मुद्दा हेर्नुपर्ने वा कारवाही भोग्नुपर्ने ट्रम्प प्रशासनको नियम खारेज


प्रकाशित मिति : कार्तिक ५, २०७८ शुक्रबार

अध्यागमन न्याधिसहरुले बर्षमा कम्तीमा ७ सय मुद्दाहरु हेर्नुपर्ने वा कारवाही भोग्नुपर्ने प्रावधानका साथ विगतको ट्रम्प प्रशासनले ल्याएको नियम बाइडेन प्रशासनले खारेज गरिदिएको छ । एसाइलम लगाएका मुद्दाहरु छिटो टुंगो लगाउन न्यायाधिसमाथि दवाव श्रृजना हुनेगरी ट्रम्प प्रशासनले न्यायाधिसहरुका लागि बार्षिक रुपमा मुद्दाको कोटा तय गरेको थियो ।

जसका कारण छिटो छिटो मुद्दाको टुंगो लगाउनुपर्ने बाध्यताका कारण न्यायाधिसहरुले राम्रोसँग मुद्दा हेर्न नभ्याउने र योग्य व्यक्तिले समेत एसाइलम नपाउने अवस्था श्रृजना भएको भएको थियो । डिपार्टमेन्ट अफ जस्टिसले उक्त नियम खारेज गरिदिएपछि अब न्यायाधिसहरुलाई मुद्दा छिटो सकाउने हतारो हुनेछैन ।

अहिले अमेरिकाका अध्यागमन अदालतमा। झण्डै १५ लाख मुद्दाको ब्याकलग रहेको छ । ट्रम्प प्रशासनले विगतमा ल्याएको नियममा बर्षमा ७ सयसम्म मुद्दाको टुंगो लगाउने न्यायाधिसलाई सन्तोषजनकको श्रेणीमा राख्ने र कम मुद्दाहरु टुंगो लगाउनेलाई अनुशासनको कारवाही गर्ने प्रावधान रहेको थियो । तर कोरोना महामारीका कारण अध्यागमन अदालतहरु बन्द भएकाले न्यायाधिसहरुले मुद्दा हेर्न नसक्दा ब्याकलग चर्को बनेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com