भारतद्वारा जयनगर-कुर्था रेलखण्ड नेपाललाई हस्तान्तरण


प्रकाशित मिति : कार्तिक ५, २०७८ शुक्रबार

नेपालको धनुषा कुर्थादेखि भारतको जयनगरसम्म चल्ने झण्डै ३५ किलोमिटर रेलखण्ड भारतले नेपाललाई हस्तान्तरण गरेको छ। यससँगै एक वर्षदेखि जनकपुर आइपुगेर थन्किएको रेल सञ्चालनको लागि थप एउटा अवरोध हटेको रेल विभागका प्रवक्ताले बताएका छन्।

नेपालले किनेर पनि एक वर्षभन्दा बढी समयदेखि रेल सञ्चालन गर्न नसकिरहँदा अन्तर्देशिय उक्त रेलखण्ड शुक्रवार नेपालको स्वामित्वमा आएको हो।

आज भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा जयनगरदेखि नेपालको जनकपुर हुँदै बर्दिबाससम्म निर्माणाधीन ६९ किलोमिटर रेलमार्गको एउटा खण्ड हस्तान्तरण गरिएको हो। उक्त पूरा खण्डका लागि भारत सरकारको ८.७७ अर्ब रूपैयाँ अनुदान प्रतिबद्धता जनाएको छ।

यो खण्ड पहिले जयनगर र बिजलपुराबीच न्यारो गज मार्गका रूपमा रहेकामा ब्रोड गजमा रूपान्तरण गरेर नेपाललाई हस्तान्तरण गरिएको काठमाण्डूस्थित भारतीय दूतावासले एक विज्ञप्तिमार्फत् जनाएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com