सीडीसीका भ्याक्सिन सल्लाहकारहरुबाट मोडेर्ना र जोन्सन एण्ड जोन्सनको बुस्टर डोज सिफारिस


प्रकाशित मिति : कार्तिक ४, २०७८ बिहीबार

नेपालमा जोन्सन एण्ड जोन्सन भ्याक्सिन लगाइदै

अमेरिकन सीडीसीका भ्याक्सिन सल्लाहकारहरुले मोडेर्ना र जोन्सन एण्ड जोन्सनको बुस्टर डोज सिफारिस गरेका छन् । सीडीसीले ती भ्याक्सिनको बुस्टर डोजका लागि एफडीएको स्वीकृतिलाई मान्यता दिएको हो ।

सीडीसीका सल्लाहकार सदस्यहरु जोन्सन एण्ड जोन्सनको भ्याक्सिन लगाएकाहरुलाई दोश्रो डोज आवश्यक भएको निष्कर्षमा पुगेका छन् । मोडेर्ना र फाइजरको तुलनामा संक्रमण रोक्न कम प्रभावकारी रहेको जोन्सन एण्ड जोन्सनको दोश्रो डोज लगाउँदा उल्लेख्यमात्रामा काम गरेको अध्ययनले देखाएको छ ।

नेपालमा जोन्सन एण्ड जोन्सन भ्याक्सिन लगाइदै

सीडीसीले कस्ता व्यक्तिले बुस्टर डोज लिने लगायतका सन्दर्भमा विस्तृत निर्देशिका जारी गर्ने भएको छ । साथै मान्छेहरुले भ्याक्सिनका डोजहरु मिसाउन हुने वा नहुने भन्ने सन्दर्भमा पनि निर्देशिका जारी गरिने जनाइएको छ ।

एफडीएले बुधबारमात्र मोडेर्ना र जोन्सन एण्ड जोन्सनको जान्सेन भ्याक्सिनको बुस्टर डोजका लागि स्वीकृति दिएको थियो । एफडीएले भ्याक्सिनको मिश्रणका लागि पनि स्वीकृति दिएको थियो । सुरुमा जुनसुकै भ्याक्सिनको डोज लिएको भएतापनि योग्य व्यक्तिले बुस्टर डोजका रुपमा फरक भ्याक्सिन लिनसक्नेगरी एफडीएले स्वीकृति प्रदान गरेको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मोडेर्ना भ्याक्सिनको दोश्रो डोज लगाएको ६ महिना नाघेका, ६५ बर्षमाथिकाहरु, उच्च जोखिममा रहेका १८ बर्षमाथिकाहरु लगायतलाई मोडेर्नाको बुस्टर डोज स्वीकृत गरिएको छ । फाइजरको बुस्टर डोज पनि यही श्रेणीका व्यक्तिलाई सिफारिस गरिएको थियो । त्यस्तै एफडीएले जोन्सन एण्ड जोन्सनको भ्याक्सिन लगाएको २ महिना नाघेका सबैलाई दोश्रो डोज स्वीकृत गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com