महिला अधिकारका लागि सहयोग गर्न संयुक्त राष्ट्रसंघको आग्रह


प्रकाशित मिति : कार्तिक ४, २०७८ बिहीबार

संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा महिला अधिकारका क्षेत्रमा सहयोग गनसंयुक्त राष्ट्रसंघीय एकजना अधिकारी आग्रह गर्नु भएको छ ।उनले हाल अफगानिस्तानलाई सहयोग गरेका विभिन्न अन्तर्राष्ट्रिय सहयोग संस्थाहरुलाई पनि महिला अधिकारका क्षेत्रमा खर्च गर्न आग्रह गरेका हुन् ।

अफगानिस्तानका लागि ‘युएन वुमन’ का उपप्रमुख एलिसन डेभिडियनले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभएको छ कि अहिले अफगानिस्तानका महिलाको अवस्था निकै नै नाजुक रहेकाले विश्वका हाल अफगानिस्तानलाई सहयोग गरेका संघसंस्थाहरुले पनि यहाँ महिला अधिकार र उनीहरुको सशक्तिकरणका लागि सहयोग गर्नुपर्दछ ।

उहाँले हाल केही समय यतादेखि अफगानिस्तानमा तालिबानी विद्रोहीहरुको सरकार रहेको भए पनि विश्वका कतिपय दाता राष्ट्र तथा संस्थाहरुले अफगानिस्तानलाई सहयोग गरिरहेका प्रसंग उल्लेख गर्दै सो सहयोग पनि यहाँका महिलाको उत्थानका लागि छुट्याउन आग्रह गर्नुभएको हो । तालिबानीहरुले महिला अधिकारको सम्मान गर्न नसकेको भन्दै हाल अफगान सरकारसमक्ष महिलालाई पनि विद्यालय, विश्वविद्यालय जान दिन र अरु अधिकारकाबाट बञ्चित नगर्न विश्वका देशहरुले आग्रह गरिरहेका छन् ।सिन्ह्वा

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com