हैटीमा अपहरित १७ अमेरिकन र क्यानेडियन धर्मप्रचारकको रिहाईका लागि १७ मिलियन डलर फिरौती माग


प्रकाशित मिति : कार्तिक २, २०७८ मंगलबार

हैटीमा १७ जना अमेरिकन र क्यानेडियन धर्मप्रचारकहरुको अपहरण गरेको गिरोहले १७ मिलियन डलर फिरौती रकम मागेको छ । अपहरण गरिएका हरेकका लागि १ मिलियन डलरका दरले १७ मिलियन डलर फिरौती मागिएको हैटीका अधिकारीहरुले जनाएका छन् ।

शनिबार हैटीमा १६ जना अमेरिकन र एकजना क्यानेडियन धर्म प्रचारक कुख्यात गिरोहको अपहरणमा परेका थिए । यसैबर्षको सुरुतिर कैयन रोमन क्याथोलिक पादरीहरुको अपहरणमा संलग्न कुख्यात गिरोहले नै एउटा अनाथालयबाट फर्कदै गरेका धर्मप्रचारकहरुलाई अपहरण गरेको हो ।

अपहरणमा पर्नेहरु ओहायोमा रहेको क्रिश्चियन सहायता संस्था सम्बन्धित रहेका छन् । अपहरित हुनेहरुमा ५ जना पुरुष, ५ जना बालबालिकाहरु र ७ जना महिलाहरु रहेका छन् । अपहरित हुनेमा ८ महिनाको बच्चा समेत रहेका छन् । अन्य बालबालिकाहरु ३, ६, १४ र १५ बर्षका रहेका छन् । उनीहरुलाई बसबाट बाहिर निकालेर अपहरण गरिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अपहरणमा संलग्न गिरोहको नाम ४०० माओजो रहेको छ । यो गिरोह गाडीहरुमाथि आक्रमण र कार तथा बसबाट मानिसहरुको अपहरणका लागि पनि कुख्यात रहेको छ । सिंगै बस र कार अपहरण गर्ने यस्तोखालको अपहरण सामुहिक अपरण रहेको जनाइएको छ ।

हैटीमा क्रिश्चियन धर्म प्रचारकहरुको श्रृंखलावद्ध अपहरण हुदै आएको छ । अमेरिकी अधिकारीहरुले मुलुकको सुरक्षा चुनौतिको मूल्यांकन गर्न हैटीको भ्रमण गरेको केही दिन लगत्तै यो घटना भएको हो । त्यस्तै हैटीमा रहेको राजनीतिक कार्यालयको म्यान्डेड राष्ट्रसंघको सुरक्षा परिषद्ले एकमतले ९ महिना बढाएको भोलिपल्ट यो घटना भएको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com