कोरोनाबिरुद्धको भ्याक्सिन लगाएकाहरुको पनि कोरोनाबाट मृत्यु हुनसक्छ ?


प्रकाशित मिति : कार्तिक १, २०७८ सोमबार

पूर्णरुपमा कोरोनाबिरुद्धको भ्याक्सिन लगाएका अमेरिकाका पूर्व विदेशमन्त्री कोलिन पावेलको कोरोना संक्रमणपछिको जटिलताबाट निधन भएपछि भ्याक्सिन विरोधीहरुले यो विषयलाई भ्याक्सिनले काम नगर्ने भन्दै प्रचार गर्नका लागि उपयोग गर्नसक्ने स्वास्थ्य अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् । रगतको क्यान्सर समेत भएका पावेलको कोरोना संक्रमणपछिको जटिलताका कारण निधन भएको थियो ।

यदि पूर्णरुपमा भ्याक्सिन लगाइसकेपछि पनि कोरोना संक्रमणबाट निधन हुनसक्छ भने भ्याक्सिन लगाउनुको अर्थ के भयो ? यस प्रश्नको जवाफमा स्वास्थ्यविद डाक्टर लिना वेन भन्छिन् हामीले यसबारे विज्ञान र शोधका आधारमा कुरा गर्नुपर्छ । कोरोनबिरुद्धका भ्याक्सिनहरु सिकिस्त हुनबाट जोगाउन असाधारणरुपमा प्रभावकारी छन् । सीडीसीले हालै सार्वजनिक गरेको तथ्यांक अनुशार पनि भ्याक्सिन नलगाएकाहरुका तुलनामा भ्याक्सिन लगाएकाहरुमा कोरोना पोजेटिभ देखिनबाट ६ गुणा र मृत्यु हुनबाट ११ गुणा संरक्षण प्राप्त हुन्छ ।

नेपालमा जोन्सन एण्ड जोन्सन भ्याक्सिन लगाइदै

जसको अर्थ यदि तपाईले कोरोनाबिरुद्धको भ्याक्सिन लगाउनुभएको छ भने तपाई भ्याक्सिन नलगाएकाहरुका तुलनामा संक्रमित हुने सम्भावना ६ गुणा कम हुन्छ । त्यस्तै भ्याक्सिन नलगाएकाहरुका तुलनामा कोरोनाबाट ज्यान गुमाउने सम्भावना ११ गुणा कम हुन्छ । कोरोनाबिरुद्धको भ्याक्सिनले कसैलाई पनि शतप्रतिशत संरक्षण प्रदान गर्दैन । वास्तवमा कुनै पनि स्वास्थ्य उपचार शतप्रतिशत प्रभावकारी हुँदैन । भ्याक्सिनले अमर बनाउने पनि होइन, कोरोनाबिरुद्धको भ्याक्सिन लगाएपनि अन्य स्वास्थ्य जटिलताका कारण कोरोना संक्रमणबाट थोरै व्यक्तिको मृत्यु हुनसक्छ ।

कोरोनाविरुद्धको भ्याक्सिन लगाएपनि केही व्यक्ति कोरोना संक्रमणबाट सिकिस्त हुनसक्छन् । कोलिन पावेल उक्त श्रेणीमा पर्ने स्वास्थ्यविद डाक्टर लिना वेनको भनाई छ । बढी उमेर समुहका र गम्भीर प्रकारका दीर्घरोगीहरु कोरोनाविरुद्धको भ्याक्सिन लगाएपनि दुर्लभ रुपमा सिकिस्त हुने र ज्यान जाने घटना भएका छन् । प्रतिरक्षा प्रणाली नष्ट भएका व्यक्तिहरु त्यस्तो जोखिममा हुन्छन् । रगतको क्यान्सरका कारण कोलिन पावेल उक्त श्रेणीमा परेका थिए । त्यसका अतिरिक्त उनी ८४ बर्षका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस्तै कारणले गर्दा भ्याक्सिनको बुस्टर डोज पनि सिफारिस गरिएको छ । अमेरिकाका मे ९ सम्म ५ लाख ७० हजारको कोरोनाबाट ज्यान गएको थियो । यदि भ्याक्सिन नलगाएको भए यो अवधिमा ७ लाख ९ हजारसम्मको ज्यान जाने अनुमान गरिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com