फिलाडेल्फियाको ट्रेनमा बलात्कारको घटना कैयनले देखेपनि अवरोध नगरेको खुलासा


प्रकाशित मिति : आश्विन ३१, २०७८ आईतबार

फिलाडेल्फियाको ट्रेनमा भएको बलात्कारको घटना देख्नेहरु कैयन व्यक्तिले बलात्कार भइरहँदा कुनै अवरोध नगरेको खुलासा भएको छ । सीसीटिभी भिडियोमा बलात्कारको घटना भइरहँदा ट्रेनमा केही प्रत्यक्षदर्शीहरु पनि देखिएको तर उनीहरुले कुनै अवरोध नगरेको प्रहरीले जनाएको छ ।

प्रहरीले उक्त घटना भइरहँदा त्यहाँ धेरै मान्छेहरु रहेको र उनीहरुले केही गर्नैपर्ने भएपनि केही नगरेको बताएको छ । प्रहरीले बलात्कार गरेको आरोपमा ३५ बर्षको फिस्टन नोगएलाई पक्राउ गरेको छ । उक्त व्यक्तिविरुद्ध बलात्कार र अन्य केही अभियोगहरु लगाइएको छ ।

अपर डर्बी प्रहरी निरिक्षक टिम बर्नहार्ट भन्छन् – ‘तर मेरो विचारमा उनीहरुले अवरोध गर्नुपर्ने थियो । तर कसैले पनि केही गरेनन् । यो कुराले हाम्रो समाज कहाँ छ भन्ने कुरा बोल्छ । यस्तो घटना हुनदिनका लागि कस्ले अनुमति दिन्छ? त्यसले हामी घटना भएको देख्ने तर कुनै अवरोध नगर्नेहरुको समेत पहिचानमा लागिरहेका छौं ।’

बलात्कार पीडित महिलालाई स्थानीय अस्पतालमा लगिएको थियो । उनको अवस्था सुधारउन्मुख रहेको र छिट्टै निको हुने अपेक्षा रहेको प्रहरीले जनाएको छ । घटनापछि बुधबार राती १० बजे प्रहरीलाई ६९ स्ट्रीट टर्मिनलमा बोलाइएको थियो ।

सेप्टा ट्रेनका तर्फबाट पनि वक्तव्य जारी गरेर डलरलाग्दो आपराधिक कार्य रहेको र ट्रेनमा यस्तो भयानक घटना भएको देख्ने अन्य व्यक्तिहरु पनि रहेको बताएको छ । उनीहरुमध्ये कसैले तुरुन्तै ९११ मा फोन गरेर घटनाबारे जानकारी दिएको भएमात्रपनि यस्तो घटना छिटो रोकिन सक्ने सेप्टाले जनाएको छ । घटनामा संलग्न व्यक्तिले आफूले बलात्कार गरेको महिलालाई पहिले नचिनेको जनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com