भारतमा वर्षा र बाढीमा परी २६ जनाको मृत्यु, कैयौँ शहर र गाउँसँग सम्पर्क विच्छेद


प्रकाशित मिति : आश्विन ३१, २०७८ आईतबार

भारतको दक्षिणी राज्य केरलामा शुक्रबारदेखि भएको बर्षा र त्यसपछिको बाढीमा परी अहिलेसम्म कम्तीमा २६ जनाको ज्यान गएको छ ।  मृत्यु हुनेमध्ये पाँचजना बालबालिका पनि छन्। थुप्रै मानिस अझै हराइरहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ।

बाढीका कारण कैयौँ शहर तथा गाउँसँग सम्पर्क विच्छेद हुन पुगेको अधिकारीहरूले बताएका छन्।

कोट्याम जिल्लामा बढीले बढी क्षति पु-याएको यहाँका एक स्थानीय पत्रिका हिन्दुस्तान टाइम्सले जनाएको छ । बाढीमा परेर मृत्यु भएका र हराएकामध्ये अधिकांश सो जिल्लाका रहेका छन् ।

पहिरोका कारण फसेका मानिसहरूसम्म राहत सामग्री पुर्‍याउन हेलिकप्टर परिचालन गरिएको छ। बाढीका कारण कतिपय स्थानीय सडकहरु पनि अवरुद्ध भएका छन् । बाढीका कारण फसेका कोलम र अन्य तटीय नगरका मानिसको उद्धारमा माछा मार्ने डुङ्गाहरूको प्रयोग भइरहेको छ।

सन् २०१८ मा केरलामा एक शताब्दीयताकै ठूलो बाढी आउँदा करिब चार सय जनाको मृत्यु भएको थियो भने १० लाखभन्दा बढी व्यक्ति विस्थापित हुन पुगेका थिए। एजेन्सी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com