हैटीमा १६ जना अमेरिकन धर्मप्रचारकहरु गिरोहको अपहरणमा


प्रकाशित मिति : आश्विन ३१, २०७८ आईतबार

हैटीमा १६ जना अमेरिकन धर्मप्रचारकहरु गिरोहको अपहरणमा परेका छन् । यसैबर्षको सुरुतिर कैयन रोमन क्याथोलिक पादरीहरुको अपहरणमा संलग्न कुख्यात गिरोहले नै एउटा अनाथालयबाट फर्कदै गरेका अमेरिकन मिसनरीहरुलाई अपहरण गरेको जनाइएको छ ।

अपहरणमा पर्नेहरु १४ जना बयस्कहरु रहेका छन् भने २ जना बालबालिकाहरु रहेका छन् । उनीहरुलाई बसबाट बाहिर निकालेर अपहरण गरिएको जनाइएको छ ।

अपहरणमा संलग्न गिरोहको नाम ४०० माओजो रहेको विश्वास गरिएको छ । यो गिरोह गाडीहरुमाथि आक्रमण र कार तथा बसबाट मानिसहरुको अपहरणका लागि पनि कुख्यात रहेको छ । सिंगै बस र कार अपहरण गर्ने यस्तोखालको अपहरण सामुहिक अपरण रहेको जनाइएको छ ।

अपहरणको घटनाबारे अमेरिकी अधिकारीहरुलाई जानकारी दिइसकिएको छ । हैटीमा क्रिश्चियन धर्म प्रचारकहरुको श्रृंखलावद्ध अपहरण हुदै आएको छ । अमेरिकी अधिकारीहरुले मुलुकको सुरक्षा चुनौतिको मूल्यांकन गर्न हैटीको भ्रमण गरेको केही दिन लगत्तै यो घटना भएको हो । त्यस्तै हैटीमा रहेको राजनीतिक कार्यालयको म्यान्डेड राष्ट्रसंघको सुरक्षा परिषद्ले एकमतले ९ महिना बढाएको भोलिपल्ट यो घटना भएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com