संयुक्त राष्ट्रसंघद्धारा सरकारले जारी गरेको एकतर्फी युद्धविरामको स्वागत


प्रकाशित मिति : आश्विन ३१, २०७८ आईतबार

सिन्ह्वा/ संयुक्त राष्ट्रसंघले सेन्ट्र अफ्रिकन रिपब्लिक सरकारले एकतर्फी रुपमा जारी गरेको युद्धविरामको स्वागत गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले हिंसाग्रस्त सो देशको सरकारले यहाँ एकतर्फी रुपमा शुक्रबार युद्धविराम गरेको छ ।

यहाँको सरकारले एकतर्फी रुपमा गरेको युद्धविरामको स्वागत गर्दै अर्को पक्षलाई पनि वार्ताको टेबलमा बस्न तथा शान्तिपूर्ण रुपमा समाधान खोज्न महासचिव गुटेर्रेसले आग्रह गर्नुभएको छ । उहाँले मध्य अफ्रिकी यस देशका सबै पक्षलाई यहाँ शान्तिपूर्ण वार्ताका माध्यमबाट राजनीतिक समाधान खोज्न आग्रह गर्नुभएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com