बंगलादेशमा साम्प्रदायिक हिंसा : कम्तीमा ७ जनाको मृत्यु


प्रकाशित मिति : आश्विन ३१, २०७८ आईतबार

एजेन्सी/ साम्प्रादिक हिंसाबीच बंगलादेशको राजधानी ढाकामा लगातार दोस्रो दिन प्रदर्शनको आयोजना गरिएको छ । मुस्लिमहरुको धर्मग्रन्थ कुरानलाई एक हिन्दु मन्दिरको मूर्तिको खुट्टा मुनि राखेको तस्विर भाइरल भएपछि देशभर हिन्दुहरुमाथि आक्रमण भइरहेका छन् । देशका विभिन्न स्थानमा मन्दिरहरूमाथि तोडफोड भएका छन् ।

शनिबार करिब १० हजार प्रदर्शनकारीहरु इस्लामिक राजनीतिक दलहरुको झण्डा बोकेर ढाकाको सडकमा उत्रिएका थिए । शुक्रबार सोही स्थानमा भएको प्रदर्शनमा प्रहरीसँग झडप भएको थियो । उनीहरुले इस्लामका दुश्मनहरुलाई सजाय दिन र दोषीलाई झुण्डाउन माग गर्दै नाराबाजी गरेका थिए ।

द गार्जियानका अनुसार पछिल्लो हिंसामा कम्तिामा ७ जनाले ज्यान गुमाइसकेका छन् । हिन्दुहरुमाथि आक्रमण बढेपछि हिन्दु समुदायका कबिर १ हजार जनाले पनि प्रदर्शन गरेका छन् । बंगलादेशमा कूल जनसंख्याको करिब ९ प्रतिशत हिन्दु रहेका छन् ।

यता, बीबीसीका अनुसार बंगलादेशका सूचना एवम् प्रशारण मन्त्री हसन महमूदले कोमिल्लामा कुरानको कथित अपमानलाई लिएर भएको हिंसामा बंगलादेशको नेशनलिस्ट पार्टीलाई जिम्मेवार बताएका छन् । ‘मिर्जा फखरुलको बयानले साबित हुन्छ कि बीएनपी–जमात साम्प्रदायिकता भड्काउन सामिल रहेको छ ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com