तीनसातापछि चाइनिज भ्याक्सिन लगाएका अमेरिका जान पाउने तर रसियन लगाएका नपाउने


प्रकाशित मिति : आश्विन ३०, २०७८ शनिबार

नेपालमा चाइनिज भ्याक्सिन भेरोसेल लगाउने क्रममा

आगामी नोभेम्बर ८ पछि अमेरिका प्रवेशका लागि भ्याक्सिन अनिवार्य गरिदैछ । त्यसका लागि अमेरिकाले अमेरिकामा एफडीएबाट स्वीकृत र विश्व स्वास्थ्य संगठनबाट स्वीकृत भ्याक्सिनलाईमात्र मान्यता दिने भएको छ । जस अनुशार चाइनिज भ्याक्सिनहरु साइनोफार्म (भेरोसेल) र साइनोभ्याक (कोरोनाभ्याक) लगाएकाहरुले अमेरिका प्रवेश पाउनेछन् भने रसियन भ्याक्सिन स्पुत्निक भी लगाएकाहरुलाई भने अमेरिका प्रवेश दिइनेछैन ।

नेपालमा सबैभन्दा बढी कोरोनाबिरुद्धको भ्याक्सिन साइनोफार्म अन्तरगतको भेरोसेल वितरण भइरहेको छ । त्यस्तै नेपालमा वितरण गरिएको जोन्सन एण्ड जोन्सन र कोभिशिल्ड (आष्ट्राजेनेका) लगाएकाहरुले पनि अमेरिका प्रवेश गर्न पाउनेछन् । त्यो बाहेक फाइजर र मोडेर्ना भ्याक्सिन लगाएकाहरुलाई पनि अमेरिका प्रवेश दिइनेछ । उनीहरुले अमेरिका प्रवेशका लागि उपयुक्त भिसा, तीनदिनभित्र स्वाब संकलन गरिएको कोरोनाको नेगेटिभ रिपोर्ट र पूर्णरुपमा भ्याक्सिन लगाएको प्रमाण पेश गर्नुपर्नेछ ।

नोभेम्बर ८ पछि भ्याक्सिन नलगाएका अमेरिकनहरुलाई समेत अमेरिका प्रवेशमा कडा नियम लागु गरिने भएको छ भने भ्याक्सिन नलगाएका गैर अमेरिकनहरुलाई अमेरिका प्रवेशमा रोक लगाउने भएको छ । भ्याक्सिन नलगाएका अमेरिकनहरुलाई नोभेम्बर ८ पछि पनि अमेरिका प्रवेश त दिइने छ तर उनीहरुले अमेरिका फर्कने विमान चढ्नुभन्दा एक दिन अगाडि कोरोनो परीक्षण गरेर नेगेटिभ रिपोर्ट ल्याउनुपर्नेछ । साथै उनीहरु अमेरिका आइसकेपछि पनि कोरोना परीक्षण लगायतका अतिरिक्त नियमहरुको पालना गर्नुपर्नेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अहिलेसम्म भ्याक्सिन लगाएको प्रमाणविना नै कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट पेश गरेर अमेरिका आइरहेका देशहरुबाट पनि नोभेम्बर ८ पछि भ्याक्सिन नलगाएका विदेशीहरु अमेरिका आउन पाउनेछैनन् । तर भ्याक्सिन लगाएकाहरु ब्राजिल, चीन, यूके, साउथ अफ्रिका, चीन, इरान, आयरल्याण्ड र शेंगेन क्षेत्रबाट पनि आउन पाउनेछन् । अहिले ब्राजिल, चीन, यूके, साउथ अफ्रिका, चीन, इरान, आयरल्याण्ड र शेंगेन क्षेत्रबाट अमेरिका प्रवेशमा अत्यावश्यकबाहेकका अन्यलाई रोक छ ।

अमेरिकाले नोभेम्बरदेखि स्थलनाकाहुँदै क्यानडा र मेक्सिकोबाटसमेत प्रवेशको अनुमति दिने भएको छ । स्थलनाकाबाट भ्याक्सिन लगाएकाहरु प्रवेश गर्दा कोरोना परीक्षणको रिपोर्ट अनिवार्य गरिएको छैन । अत्यावश्यक बाहेकका अन्यलाई गतबर्षदेखि क्यानडा र मेक्सिकोको स्थलनाकाबाट प्रवेशमा रोक लगाइदै आएको थियो ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com