एफडीएको सल्लाहकार प्यानलबाट मोडेर्नाको बुस्टर डोज एकमतले सिफारिस


प्रकाशित मिति : आश्विन २८, २०७८ बिहीबार

अमेरिकाको खाद्य तथा औषधी प्रशासन एफडीएको सल्लाहकार प्यानलले ६५ बर्षभन्दा माथिका व्यक्ति वा उच्च जोखिममा रहेकाहरुका लागि कोरोनाबिरुद्धको भ्याक्सिन मोडेर्नाको बुस्टर डोजका रुपमा तेश्रो डोज सिफारिस गरेको छ । एफडीएको सल्लाहकार समितिले एकमतले यस्तो निर्णय पारित गरेको हो ।

यसअगाडि एफडीएले फाइजर भ्याक्सिनको बुस्टर डोज स्वीकृत गरेको थियो । सल्लाहकार प्यानलको निर्णयपछि अब केहीदिनमा नै एफडीएले मोडेर्नाको बुस्टर डोज स्वीकृतिका लागि निर्णय लिने अपेक्षा गरिएको छ । सीडीसीको भ्याक्सिन सल्लाहकार समितिमा पनि यसबारे आगामी साता मतदान हुने अपेक्षा गरिएको छ ।

मोडेर्नाले बुस्टर डोजका लागि एफडीएसमक्ष सेप्टेम्बर १ मा आवेदन दिएको थियो । मोडेर्नाले बुस्टर डोजका लागि पहिलो र दोश्रो डोजको तुलनामा आधामात्र अर्थात् ५० माइक्रोग्राम भ्याक्सिन प्रयोग गर्नेछ । स्वीकृत भइसकेपछि मोडेर्नाले स्वास्थ्य सेवा प्रदायकलाई बुस्टर डोजको फरकबारे व्याख्या गरेर पत्र पठाउनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकामा ६५ बर्षभन्दा माथिकालाई र उच्च जोखिममा रहेकाहरुलाई कोरोनाबिरुद्धको भ्याक्सिन फाइजरको तेश्रो बुस्टर डोज दिने दिइदै छ । ६५ बर्षभन्दा माथिका, दीर्घकालिन हेरचाह केन्द्रमा रहनेहरु र स्वास्थ्य समस्या भएका निश्चित व्यक्तिलाई फाइजरको बुस्टर डोज स्वीकृत छ ।

त्यस्तै ५० बर्ष वा त्योभन्दा माथिका उच्च जोखिममा रहेका क्यान्सर, स्ट्रोक, मृगौला रोग, मधुमेह, मुटुरोग लगायतबाट पीडितहरुका लागि पनि बुस्टर डोज स्वीकृत छ । तर १८ देखि ४९ बर्षसम्मका उक्त समुहका व्यक्तिका लागि पनि बुस्टर डोज स्वीकृत छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com