आठ वर्षदेखि बाढीपीडितको दसैँ त्रिपालमै


प्रकाशित मिति : आश्विन २७, २०७८ बुधबार

कर्णाली /सबैतिर दसैँको उल्लास छाउँदैछ । गाउँघर बाहिर रहेका दसैँ मनाउन धमाधम फर्कंदैछन् । आवश्यक सरसामान किनमेल र घरआँगन लिपपोतले दसैँको रौनक झनै बढाइदिएको छ तर, सुर्खेत उपत्यका नजिकको गिरिघाट बस्ती भने सुनसानजस्तै छ । यहाँ २०७१ साउन २८ र २९ गते भेरी नदीमा आएको भीषण बाढीले विस्थापित बनेका १०० भन्दा बढी परिवारको बसोबास छ । बाढीले बराहतालको तरङ्गा गाउँलाई नदी किनारमा परिणत गरेपछि त्यहाँका बासिन्दा आठ वर्षदेखि गिरिघाटस्थित शिविरमा त्रिपालमुनि बस्दै आएका छन् ।

“आठ वर्षदेखि खुसीले दसैँ मनाउन सकेका छैनौँ, यहाँ हाम्रो न घर छ न परिवार”, ४१ वर्षीया ललिता सुनार भन्नुहुन्छ, “हाम्रा लागि दसैँ दशाजस्तो बनेको छ, पक्की घर र जग्गा पाउने आशा अब निराशामा परिणत भयो ।” बाढीले विस्थापित बनेपछि परिवारका अधिकांश युवा रोजगारीका लागि भारत जाने गर्दछन् । आफ्नो घर नहुँदा भारत गएका दसैँ तिहारमा पनि फर्कन नचाहने गरेको उहाँ बताउनुहुन्छ ।

बस्तीमा भएका अधिकांश महिला तथा बालबालिका छन् । उनीहरुले गिट्टी कुटेर तथा दाउरा बेचेर गुजारा चलाउने गरेका छन् । आफ्नो थातथलोमा उति बेला मनाइने चाडपर्व सम्झँदै ३७ वर्षीया सिर्जना सुनार भन्नुहुन्छ, “घर लिपपोत गथ्र्यौं, आफन्त, इष्टमित्र सबै जमघट हुन्थ्यौँ, अब त्यो हाम्रो लागि सपना बन्यो ।” बाढीले परिवारै छिन्नभिन्न पारेको विस्थापित बताउँछन् ।

भेरी र सुर्खेतका अन्य नदीनालामा आएको बाढीले सुर्खेतमा ११५ को मृत्यु भएको थियो भने करिब एक हजार ४५ परिवार विस्थापित भएका थिए । विस्थापितमध्ये ४५४ परिवार शिविरमै छन् । अर्का विस्थापित हरिलाल तारामी हरेक दिन साँझबिहान के खाने भन्ने चिन्तामै सात वर्ष बितेको बताउनुहुन्छ । “शिविरमा आम्दानीको स्रोत छैन, तरकारीदेखि सबै सरसामान किन्नुपर्ने अवस्था छ”, उहाँ भन्नहुन्छ, “हामीलाई दसैँतिहार आउनुभन्दा नआएकै जाति हुन्थ्यो ।” शिविरको बसाइ भएकाले दसैँजस्ता चाडपर्वमा गाउँबाट कमैमात्र आफन्त आउने गर्छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सरकारले आवास निर्माणका लागि बजेट दिए पनि उक्त बजेटले आफूहरुलाई जग्गा पाउन मुस्किल भएको विस्थापितको गुनासो छ । “आवास निर्माणका लागि पहिलो किस्ता रु एक लाख ५० हजार दिने गरिएको छ, त्यो पैसाले सुर्खेतका कुनै पनि स्थानमा घडेरी किन्न सकिन्न, जग्गा नै नभएपछि घर कसरी बनाउनु रु” विस्थापित अगुवा ललितबहादुर शाही भन्नुहुन्छ, “सरकारले आठ वर्षसम्म पनि आवास निर्माण तथा पुनःस्थापना गर्न नसक्दा हामी चिन्तित छौँ ।”

कर्णाली प्रदेश सरकारले २०७१ सालको बाढीबाट विस्थापित भएका ५५१ घर परिवारलाई पुनःस्थापना गरेको जनाएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार वीरेन्द्रनगर नगरपालिकाका २५४, बराहताल गाउँपालिकाका ४६, लेकबँेसी नगरपालिकाका १२, भेरीगङ्गा नगरपालिकाका १६०, गुर्भाकोट नगरपालिकाका ३२, पञ्चपुरी नगरपालिकाका ८४ र चौकुने गाउँपालिकाका तीन गरी ५५१ घरधुरीलाई आवास हस्तान्तरण गरिएको छ ।

प्रदेश सरकारले सम्बन्धित स्थानीय तहमार्फत पहिलो किस्ताबापत रु एक लाख ५० हजार, दोस्रो किस्ता रु एक लाख र आवास निर्माणको प्राविधिक प्रतिवेदनका आधारमा अन्तिम कस्ता रु ५० हजार उपलब्ध गराउने गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com