तीब्र गतिमा बढेको क्यालिफोर्नियाको डढेलोबाट मुख्य राजमार्ग बन्द, खाली गराइयो मानवबस्ती


प्रकाशित मिति : आश्विन २६, २०७८ मंगलबार

क्यालिफोर्नियामा तीब्र गतिमा बढेको डढेलोका कारण मुख्य राजमार्ग बन्द गरिएको छ भने मानवबस्ती पनि खाली गराइएको छ । सान्ता बारबरा नजिकै सोमबार दिउसोदेखि लागेको आगो अहिले ६ हजार एकड क्षेत्रमा फैलिसकेको छ ।

मंगलबार विहानसम्म आयो अनियन्त्रित रहेको अधिकारीहरुले बताएका छन् । आगोको ज्वालाका कारण कम्तीमा एकसय संरचनाहरु जोखिममा रहेको बताइएको छ । आगो घना जंगलमा लागिरहेको र हावाका कारण तीब्र गतिमा फैलिएको जनाइएको छ ।

उक्त क्षेत्रमा ३५ माइल प्रतिघण्टासम्म हावा चलेको छ भने ७० माइल प्रतिघण्टाको रफ्तार पुग्ने अनुमान गरिएको छ । आगोको कारण फैलिएको धुँवाले गर्दा आगो नियन्त्रणका लागि तोकिएका जहाजहरु पनि असुरक्षाका कारण उड्न सकेका छैनन् ।

आगोको ज्वालाका कारण राजमार्ग १०१ को केही भाग बन्द गर्नुपरेको सान्ता बारबरा प्रहरीले जनाएको छ । कम्तीमा ६ सय अग्नीनियन्त्रकहरु आगो नियन्त्रणमा ल्याउनका जुझिरहेका छन् । क्यालिफोर्निया ९ वटा सकृय डढेलोसहित विनाशकारी डढेलोसँग जुधिरहेको बेलामा यो आगलागी भएको हो ।

जुलाई १३ मा फैलिन सुरु गरेको डिक्सी डढेलो सबैभन्दा विनाशकारी रहेको छ । यो डढेलो १० लाख एकडमा फैलिएको थियो भने ९४ प्रतिशत नियन्त्रणमा आइसकेको छ । यो बर्ष क्यालिफोर्नियाले सानाठूला गरी ७ हजार ८ सय ८३ डढेलोको सामना गरेको छ । जुन कुल २५ लाख एकडमा फैलिएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com