भ्याक्सिन अनिवार्य डेडलाइन नजिकिदै गर्दा अमेरिकी सेनाका दशौंहजार भ्याक्सिन लगाउन बाँकी


प्रकाशित मिति : आश्विन २४, २०७८ आईतबार

अमेरिकी सेनामा कार्यरतहरुले भ्याक्सिन अनिवार्य लगाउनुपर्ने डेडलाइन नजिकिदै गर्दा दशौं हजार सेनाका सदस्यहरु भ्याक्सिन लगाउन बाँकी रहेको जनाइएको छ । डेडलाइनहरु नजिकिदै गर्दा पूर्णरुपमा भ्याक्सिन नलगाएकाहरुको संख्या भने अझै पनि उल्लेख्य रहेको छ ।

राष्ट्रपति जो बाइडेनले अममेरिकी सेनाका झण्डै २१ लाखलाई भ्याक्सिन अनिवार्य गराउन आन्तरिक निर्देशिका जारी गरेपछि भ्याक्सिन लगाउने कार्य तीब्र पारिएको हो । भ्याक्सिन नलगाउने छुट अत्यन्तै दुर्लभ रहेको छ भने भ्याक्सिन नलगाएकाहरुलाई दण्ड दिइने जनाइएको छ ।

पछिल्लो तथ्यांक अनुशार अमेरिकी सेना नेभीका सकृय ९० प्रतिशतले पूर्णरुपमा भ्याक्सिन लगाइसकेका छन् । तर मरिनका भने ७२ प्रतिशतलेमात्र पूर्णरुपमा भ्याक्सिन लगाएका छन् । उनीहरुको डेडलाइन नोभेम्बर २८ सम्म छ । एयरफोर्समा पनि ६० हजारजना पूर्णरुपमा भ्याक्सिन लगाउन बाँकी रहेका छन् । उनीहरुको डेडलाइन ३ साता बाँकी छ ।

कोरोना संक्रमणबाट अमेरिकी सेनाका सदस्यहरुको उल्लेख्यरुपमा मृत्यु भएको छ । गत सेप्टेम्बरमा कोरोना संक्रमणबाट मृत्यु हुने सेनाका सदस्यहरुको संख्या सन् २०२० को पूरै बर्षमा मृत्यु हुनेहरुको भन्दा धेरै रहेको थियो । मृत्यु हुनेहरुमध्ये कसैले पनि पूर्णरुपमा भ्याक्सिन लगाएका थिएनन् ।

नेभीमा सबैभन्दा बढी प्रतिशतले भ्याक्सिन लगाएका छन् । कम्तीमा एकडोज लगाउनेहरु नेभीमा ९८ प्रतिशत रहेका छन् । सकृय ड्युटीमा रहेका आर्मीहरुले ८१ प्रतिशतले भ्याक्सिन लगाएका छन् । उनीहरुको डेडलाइन डिसेम्बर १५ रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com