इटलीमा किन राखियो एक युरोमा २५० घर बिक्रिमा? विदेशीले समेत किन्न सकिने


प्रकाशित मिति : आश्विन २३, २०७८ शनिबार

इटलीको रोम नजिकैको अबु्रजोमा एक युरोमा घर बिक्रिमा राखिएको छ । महामारी अगाडि पनि भींडभाड नभएको, सुन्दर गाउँ, स्की ढलानसम्म पहुँच लगायतका कारण यो क्षेत्रमा बसोबास गर्नका लागि धेरै प्रकारका अफरहरु ल्याउन सकिन्थ्यो तर सुरम्य शहर प्रतोला पेलिग्नाले एक युरोमा घरको अफर ल्याएको छ ।

यस मध्ययुगिन डिस्ट्रिक्टबाट धेरैले बसाई सराई गरेर परित्याग गरिएका सम्पत्तिले भरिएपछि स्थानीय अधिकारीहरुले नयाँ अफरका साथ यो स्थानलाई नयाँ जीवन दिने प्रयास गरेका हुन् । सस्तोमा घर बिक्रिको अफर ल्याइएका अन्य स्थानहरुमा जस्तै प्रतोला पेलिग्नामा पनि जनसंख्यामा गिरावट आएको छ । सन् १९३० मा १३ हजार भन्दा धेरैको बसोबास रहेको यो क्षेत्रमा अहिले झण्डै ७ हजार जनसंख्या रहेको छ ।

स्थानीय बासिन्दाहरु सुन्दर भविश्यको खोजीमा आफ्ना घरहरु त्यागेर अन्यत्रै लागे । बेलाबेलामा आएका भूकम्पका कारण त्यहाँ रहेका जीर्ण अवस्थाका घरहरुमा क्षति पुग्यो । सन् २००९ मा गएको एउटा भूकम्पले नजिकैको लाक्विला टाउनमा क्षति पुगेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एक युरोमा घर योजना सुरुवात गर्नु अगाडि अधिकारीहरुले सम्पत्तिको नापजाँच र पूराना मालिकहरुलाई सम्पर्कको प्रयास गरेका थिए । स्थानीय काउन्सिलर पाउलो बकाओले यो काम निकै चुनौतिपूर्ण रहेको बताए । भूकम्पपछिको पुननिर्माणमा सहभागी नभएका उचित घरहरुको पहिचानका लागि आफूहरुले बर्षौदेखि काम गरेको उनले बताए ।

झण्डै ६३० वटा खाली भवनहरुमध्ये झण्डै २५० वटा घरहरु एक युरोमा बेच्न सकिने बकाओले बताएका छन् । केही समय लागेपनि आफूहरुको उद्देश्य पूरानो केन्द्रको सौन्दर्य फर्काउने रहेको उनको भनाई छ । प्रतोला पेलिग्ना टाउन हलको वेवसाइटमा बिक्रिका लागि तयार भएका घरहरुको तस्वीर दैनिक रुपमा अपलोड गरिदै आएको छ । केही घरहरु पहिले नै बिक्रि भइसकेका छन् ।

एक युरोमा घर किन्नेहरुका लागि नयाँ नियम लागु गरिएको छ । जस अनुशार घर किनेको अधिकतम तीनबर्षभित्र घरलाई नयाँ शैलीमा रुपान्तरण गर्नुपर्नेछ । यस्तै परियोजना ल्याएका अन्य टाउनहरुमा जस्तै प्रतोला पेलिग्नामा घर मर्मतको ग्यारेन्टीका लागि ५ हजार युरो डिपोजिट राख्नुपर्ने प्रावधान छैन । तर ६ महिनाभित्र घर मर्मतका लागि बृहत योजना दर्ता नगरे १० हजार युरो जरिवाना हुनेछ ।

घर किन्नेहरुले आफ्नो प्रतिबद्धता पूरा गरुन् र एक युरोमा घर किनेर बेपत्ता नहोउन् भन्नका लागि यस्तो प्रावधान राखिएको बकाओले बताए । विगतमा केही विदेशी लगायतका घर किन्ने व्यक्तिले घर हात पारेपछि बेपत्ता भएको मेयर एन्टोनेला डी निनोले बताइन् । घर किनेर बेपत्ता भएका विदेशीहरुलाई खोज्न र मर्मतका लागि दवाव दिन असम्भव जस्तै भएको मेयर निनोको भनाई छ ।

अधिकांश ढुंगाले बनेका घरहरु प्रतोला पेलिग्नाको ऐतिहासिक क्षेत्र शियाबोनियामा रहेका छन् । उक्त क्षेत्रका गल्लीहरु केबल गधागाडा हिड्नका लागिमात्र प्रयाप्त रहेका छन् । केही घरहरु राम्रो आकारमा रहेका छन् । अधिकांश घरमा दुईवटा प्रवेशद्वारहरु रहेका छन् । केही घरमा बरण्डाहरु पनि रहेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com