यो वर्षको नोबेल शान्ति पुरस्कार फिलिपिन्स र रुसका पत्रकारलाई


प्रकाशित मिति : आश्विन २२, २०७८ शुक्रबार

FILE – A Tuesday, Dec. 8, 2020 file photo of a Nobel Prize medal. The Nobel Peace Prize will be awarded on Friday Oct. 8, 2021.(AP Photo/Jacquelyn Martin, File)

यस वर्षको नोबेल शान्ति पुरस्कार फिलिपिन्सकी पत्रकार मारिया रेसा र रुसका पत्रकार दिमित्री मुराटोभलाई प्रदान गरिएको छ। अभिव्यक्ति स्वतन्त्रताको पक्षमा गरेको योगदानलाई कदर गर्दै उक्त पुरस्कार पत्रकारद्वयलाई प्रदान गरिएको हो ।

नर्वेको नोबेल समितिका अध्यक्ष बेरिट रीस-एन्डरसनले भने, “यो अभिव्यक्ति स्वतन्त्रताको रक्षा को लागि उनीहरूले गरेको प्रयासको सम्मान हो जो लोकतन्त्र र स्थायी शान्ति कोलागि एक अनिवार्य शर्त हो।”

अध्यक्ष बेरिटले भने- “उनीहरू सबै पत्रकारहरूका प्रतिनिधि हुन् जो यस आदर्शको पक्षमा उभिएर संसारमा लोकतन्त्र र प्रेस स्वतन्त्रता बढ्दो प्रतिकूल परिस्थितिको सामना गरेका छन् ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन् २०१२ मा रेस्साले खोजपत्रकारिताका निम्ति र्याप्लर नामक डिजिटल मिडिया खोलेकी थिइन् जसको प्रमुखको रूपमा हालसम्म उनी कार्यरत छिन् ।
उक्त मिडिया दुतेर्ते शासनको विवादास्पद, हत्यारा र लागुऔषध विरोधी अभियानमा आलोचनात्मक रूपले सबैको ध्यान केन्द्रित गर्न सफल भएको छ।

त्यसैगरी मुराटोभले यस बीचमा रूसमा दशकौंदेखि बढ्दो चुनौतीपूर्ण परिस्थितिमा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका निम्ति लामो सङ्घर्ष गरेका छन् ।
सन् १९९३ मा उनी स्वतन्त्र अखबार नोवाया गजेटाका संस्थापक मध्येका एक थिए र उनको सत्ता र शक्तिप्रति मौलिक आलोचनात्मक दृष्टिकोण रहेको समितिले जनाएको छ।

उनी १९९५ देखि यसको मुख्य सम्पादक रहेका छन्। समितिका अध्यक्ष रीस-एन्डरसनले अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताविना देशहरू बीच भाइचाराको सम्बन्ध, निशस्त्रीकरण र समुन्नत विश्वको निर्माण गर्न नसकिने जनाएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com