पूर्ण खोप पाउने दरमा नेपालले भारतलाई समेत उछिन्याे


प्रकाशित मिति : आश्विन २१, २०७८ बिहीबार

दक्षिणपूर्वी एशियाली मुलुकहरुमा पूर्ण खोप पाउने दरमा नेपालले भारतलाई समेत उछिनेको छ। विश्वस्वास्थ्य संगठनको पछिल्लो तथ्यांकअनुसार प्रति १ सय जनामा पूर्ण खोप पाउने दरमा भारतभन्दा नेपाल अगाडि देखिएको हो।

दक्षिणपूर्वी एशियाली मुलुकमा प्रति १ सय जनामा पूर्ण खोप पाउनेमा सबैभन्दा अगाडि भुटान रहेको छ। त्यहाँ प्रति सयमा ६५.९० जनाले पूर्ण खोप पाएका छन्। छैटौं नम्बरमा रहेको नेपालमा प्रति सयमा २१.२६ जनाले र आठौं नम्बरमा रहेको भारतमा १७.९१ जनाले पूर्ण खोप पाएका छन्।

दोस्रो नम्बरमा रहेको माल्दिभ्समा ६१.८०, श्रीलंकामा ५४.३१, थाइल्याण्डमा ३२.६३ र टिमोर लेस्टेमा २२.६० जनाले पूर्ण खोप पाएका छन्। यस्तै, इण्डोनेशियामा २०.१०, बंगलादेशमा १०.२० र म्यानमारमा प्रति सय जनामा ७.०४ जनाले पूर्ण खोप पाएका छन्। समग्रमा दक्षिणपूर्वी एशियाली मुलुकमा प्रतिसय जनामा १७.९९ जनाले पूर्ण खोप पाएको डब्लुएचओको तथ्यांकमा उल्लेख छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

डब्लुएचओका अनुसार नेपालमा हालसम्म १ करोड ४३ लाख ८२ हजार १ सय २७ जनाले पहिलो तथा दोस्रो डोज लगाएका छन्। जसमध्ये पहिलो डोज लगाउनेको संख्या ७९ लाख ६२ हजार ६ सय ४७ छ भने दुवै डोज लगाउनेको संख्या ६४ लाख १९ हजार ४ सय ८० छ। यो अक्टोबर ६ सम्मको तथ्यांक हो।

डब्लुएचओ

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा नेपालमा ५७ हजार १ सय ५८ जनाले खोप लगाएका छन्। योसँगै ७ अक्टोबरसम्म नेपालमा ८० लाख ८ हजार ८ सय ५४ जनाले पहिलो डोज र ६४ लाख ३० हजार ४ सय ३१ जनाले दोस्रो डोज खोप लगाएका छन्।

यस क्षेत्रमा सबैभन्दा कम खोप लगाएको मुलुक म्यानमारमा हालसम्म ८३ लाख ९० हजार ७ सय ४६ जनाले एक डोज र ३८ लाख ७२ हजार ९ सय ५६ जनाले दुवै डोज लगाएका छन्। प्रति सय जनसंख्यामा म्यानमारको दर दक्षिणपूर्वी एशियाली मुलुकमा सबैभन्दा कम हो।

नेपालमा हाल चिनियाँ खोप भेरोसेल, भारतमा निर्मित कोभिशिल्ड, जापानको एस्ट्राजेनेका, स्वीडेनको एस्ट्राजेनेका र अमेरिकाको जोन्सन एण्ड जोन्सन खोप लगाइएको छ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com