क्यानडामा भ्याक्सिन नलगाए ट्रेन र विमान चढ्न नपाइने, भ्याक्सिन नलगाउने कर्मचारीलाई विदा


प्रकाशित मिति : आश्विन २०, २०७८ बुधबार

क्यानाडा भित्र ट्रेन र हवाई यातायातमा १२ बर्ष वा सोभन्दा माथिका सबैलाई भ्याक्सिन अनिवार्य गरिएको छ । प्रधानमन्त्री जस्टिन टु्रडोले देशभर ट्रेन र हवाई यातायातमा कर्मचारीहरुसहित १२ बर्ष वा सोभन्दा माथिका सबैका लागि भ्याक्सिन अनिवार्य गरिएको घोषणा गरेका हुन् ।

बुधबार गरिएको घोषणामा ट्रेन र विमानबाट यात्रा गर्ने सबैका लागि एवं संघीय कर्मचारीहरुका लागि भ्याक्सिन अनिवार्य गरिएको हो । संघीय नियन्त्रण रहेका अन्य कामदारहरुका सन्दर्भमा पनि क्यानडाले यसै महिनाको अन्तिमदेखि भ्याक्सिन अनिवार्य गर्ने तयारी गरेको छ ।

क्यानडाभित्र चल्ने ट्रेन र विमानमा चढ्नका लागि कोरोनाबिरुद्धको भ्याक्सिन लगाएको हुनुपर्ने नियम अक्टोबरको अन्तिमबाट कार्यान्वयन हुनेछ भने केही समयका लागि छुट अवधि दिइने प्रधानमन्त्री टु्रडोले बताएका छन् । छुट अवधिमा यात्रु र कर्मचारीहरुले कोरोनाको नेगेटिभ रिपोर्ट देखाएर यात्रा गर्न पाउनेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नोभेम्बरको अन्तिमदेखि १२ बर्ष वा त्यो भन्दा माथिका व्यक्तिले कोरोनाबिरुद्धको भ्याक्सिन नलगाएको खण्डमा ट्रेन र विमानमा यात्रा गर्न दिइनेछैन । नोभेम्बर अन्तिमदेखि कोरोनाविरुद्धको नेगेटिभ रिपोर्टलाई पनि मान्यता नदिइने भएको छ । स्वास्थ्य अवस्थाका कारणमात्र भ्याक्सिन लगाउन नपाएकाहरुलाई छुट दिइनेछ । तर त्यसको उचित प्रमाण पेश गर्नुपर्नेछ ।

क्यानडाले गरेको यो घोषणा विश्वकै कडामध्येको एक हो । जनतालाई सुरक्षित गर्नका लागि कडा प्रावधानको घोषणा गरिएको प्रधानमन्त्री टु्रडोले बताए । अक्टोबर २९ भित्र सबै संघीय कर्मचारीहरुले भ्याक्सिन लगाइसक्नुपर्ने प्रावधान घोषणा गरिएको छ । अक्टोबर २९ सम्म भ्याक्सिन नलगाउने र भ्याक्सिन लगाएको प्रमाण पेश नगर्ने सरकारी कर्मचारीहरुलाई नोभेम्बर १५ अगाडि नै विना तलब प्रशासनिक विदा दिइनेछ ।

अहिलेसम्म क्यानडामा १२ बर्ष वा सोभन्दा माथिका ८९ प्रतिशतले कोरोनाबिरुद्धको कम्तीमा एकडोज भ्याक्सिन लगाइसकेका छन् । झण्डै ८२ प्रतिशत भ्याक्सिन लगाउन योग्य क्यानेडियनहरुले पूर्णरुपमा भ्याक्सिन लगाइसकेका छन् ।

 

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com