महामारीका कारण समस्यामा परेका रिभरगाइडलाई १० दिने रोजगारी


प्रकाशित मिति : आश्विन १९, २०७८ मंगलबार

जल पर्यटनमा आश्रित मजदुरलाई रोजगारी प्रदान गरिइएको छ । कोभिड–१९ महामारीका कारण सो व्यवसायमा आवद्ध मजदुर समस्यामा परेका जनाउँदै नेपाल टुरिजम बोर्ड, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम र नेपाल एशोसियशन अफ राफ्टिङ एजेन्सी (नारा)को संयुक्त पहलमा रिभर गाइडलाई नदी सरसफाइ तथा पहुँच मार्ग मर्मत सम्भारका कामसहित रोजगार प्रदान गरिएको हो । ७ देखि १० दिनसम्मको रोजगार प्रदान गरिएको नाराका अध्यक्ष गङ्गाप्रसाद नेपालले जानकारीदिनुभयो ।

विशेष गरी त्रिशूली, कर्णाली, र भोटेकोसी नदी सरसफाइ तथा पहुँच मार्ग मर्मतका लागि सो रोजगार कार्यक्रम सञ्चालन गरिएको छ । अहिले ती नदी किनार सरसफाइ तथा नदीको पहुँचमार्ग मर्मतको काममा उनीहरु संलग्न रहेका छन् ।

उहाँले भन्नुभयो, “विगत दुई वर्षदेखि कोभिड–१९ का कारण पर्यटन उद्योग ठप्प हुदाँ यहाँ कार्यरत रिभर गाइड, ट्रेकिङ गाइड, होटल मजदुर समस्यामा परेका छन्, मजदूर डुङ्गा चलाउन विभिन्न देश जाने पाएका छैनन् । उनीहरुलाई चाडपर्वको बेला केही राहत प्रदान गर्न रोजगारका कार्यक्रम सञ्चालन गरिएको हो ।” रिभरगाइड विकास गुरुङले चाडपर्वका समयमा केही काम पाउँदा थोरै भए पनि राहत मिलेका जानकारी दिनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com