क्यालिफोर्नियाको समुन्द्रीतटमा ६ लाख लिटर तेल चुहिंदा ‘पर्यावरण प्रकोप’, मरेका चरा र माछाहरु बगरमा


प्रकाशित मिति : आश्विन १८, २०७८ सोमबार

दक्षिणी क्यालिफोर्नियाको तटको एउटा हिस्सा झण्डै झण्डै ६ लाख लिटर  तेलले ढाकिंदा बन्यजन्तुको बासस्थान क्षतिग्रस्त भएको छ भने कैयन मरेका चरा र माछाहरु पानीले बगरमा ल्याएको छ । हंग्टिंटन समुन्द्री तटभन्दा झण्डै ५ माइलको दुरीमा तेलको पाइपलाइन चुहिंदा तेल समुन्द्रमा मिसिएको छ ।

अहिलेसम्म चुहिएर पानीमा मिसिएको कुल १२१८ ग्यालेन मिश्रण निकालिएको छ भने चुहिएको कच्चा तेलको मिश्रण सबै निकालिएको घोषणा नभएसम्म उक्त क्षेत्रमा रहेको तेल हटाउने कार्य जारी रहनेछ । बगरमा छरिएका मृत चरा र माछाहरु समेत निकाल्ने काम भइरहेको छ ।

हंटिटन समुन्द्री तटमा सेप्टेम्बर २५ मा  शयर गर्दै एक कुकुर ।

तेलमा भिजेको एउटा रातो हाँसको उद्दार गरिएको छ भने उसले पशु चिकित्सा हेरचाह प्राप्त गरिरहेको छ । तेलबाट प्रभावित अन्य बन्यजन्तुहरुको पनि अनुसन्धान भइरहेको छ । चुहिएको तेल हग्टिंटन समुन्द्री तट र न्युपोर्ट समुन्द्री टलमा फैलिएको छ ।

शनिबार विहान ९ बजेतिर पहिलोपटक तेल चुहिएको देखिएको थियो । युएस कोस्ट गार्डलाई शनिबारमात्र रिपोर्ट गरिएपनि यसभन्दा अगाडिदेखि नै उक्त क्षेत्रमा तेल चुहिएको हुनसक्ने जनाइएको छ । पानीमा उत्रिएको र मिसिएको तेलको चमक देखिएपछि अनुसन्धान सुरु गरिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन् २०१२ मा एलेन र एली उपतटीय क्षेत्रमा लिइएको तस्वीर ।

आइतबार विहानसम्म पनि चुहावट पूर्णरुपमा रोकिएको थिएन । चुहावट रोक्न प्राथमिक मर्मत गरिएपनि त्यहाँ अतिरिक्त मर्मत आवश्यक भएको जनाइएको छ । ५ दशमलव ८ समुन्द्री माइलमा चुहिएको तेल फैलिएको जनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com