गैरकानूनीरुपमा साउदी छिर्न खोज्ने ७ यमनी मारिए, कम्तीमा २६ जना घाइते


प्रकाशित मिति : आश्विन १७, २०७८ आईतबार

साउदी अरब छिर्न खोज्ने सात जना यमनी आप्रवासी साउदी अरबको सीमाक्षेत्रमा मारिएका छन् । ती आप्रवासीहरु जबर्जस्ती साउदी अरब छिर्न खोजेको बताइएको छ ।

सीमा सुरक्षा बल र हुथीबीचको भिडन्तमा क्रसफायरमा परेर ती आप्रवासीहरु मारिएका बताइएको छ । शुक्रबार यमनको मोनाबिह जिल्लामा ती आप्रवासी मारिएका हुन् ।

सीमामा पर्ने सो उपत्यकाबाट उनीहरु साउदी अरेबिया जान खोज्दै थिए । त्यसक्रममा कम्तीमा २६ जना घाइते भएको बताइएको छ । घाइतेहरुलाई यमनी अस्पतालमा भर्ना गरिएको छ । शुक्रबार ५ वटा शव र २१ जना घाइेतहरुलाई त्यहाँबाट उठाइएको थियो भने शनिबार विहान २ वटा शव र ५ जना अरु घाइतेहरुलाई उठाइएको थियो । उनीहरु हुथी  र साउदी सेनाबीचको भीडन्तका क्रममा भएको गोलीबारीमा परेको जनाइएको छ ।

उक्त उपत्यकाबाट साउदी छिर्न खोज्ने कैयौँ आप्रवासीहरु र प्रहरीका बीचमा केही दिनयता भिडन्तहरु हुने गरेका छन् । घटनाबारे त्यहाँबाट यमनको राजधानी साना फर्किएका प्रत्यक्षदर्शीले खुलासा गरेका हुन् । उनीहरु खाली खुट्टा नै साउदी छिर्न खोजेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यमनमा मानवीय संकट

सिमाक्षेत्रमा यस्ता घटनाहरु बारम्बार हुने गरेका छन् । सातबर्षयता यमनमा गृहयुद्ध चर्किएदेखि सादा प्रान्तको मोनाबिह गैरकाननीरुपमा साउदी छिर्ने सबैभन्दा व्यस्त विन्दु बनेको छ । अर्को घटनामा उत्तरी यमनी प्रान्त हिजाहमा सार्वजनिक बिदा मनाइरहेकाहरुमाथि हुथीको मिसाइल प्रहार हुँदा कम्तीमा ६ जनाको ज्यान गएको छ । घटनामा २० जनाभन्दा धेरै घाइते भएका छन् ।

यमनमा अहिले विश्वकै खराबमध्येको मानवीय संकट रहेको छ । झण्डै २१ मिलियन व्यक्तिलाई सहायताको आवश्यकता छ , जसमा ११ मिलियन भन्दा बढी बालबालिकाहरु रहेका छन् । मार्च २०१५ मा गृहयुद्ध सुरुभयदेखि यमन बालबालिकाहरुका लागि नारकीय बनेको छ ।

आधामात्र स्वास्थ्य संस्थाहरु संचालनमा रहेका छन् भने अधिकांशमा साधनश्रोतको अभाव रहेको छ । मास्क, ग्लोभ, अक्सिजन लगायत कोरोनाको उपचारका लागि आवश्यक बस्तुहरुको अभाव रहेको छ । कैयन स्वास्थ्यकर्मीहले तलब पाउन सकेका छैनन् ।

युद्धमा बालबालिकाहरु मारिने र घाइते हुने क्रम पनि जारी रहेको छ । कैयन विद्यालय र स्वास्थ्य संस्थाहरु क्षतिग्रस्त हुनुका साथै बन्द रहेका छन् । एउटा विश्लेषण अनुशार ५ बर्षभन्दा कम उमेरका २३ लाख यमनी बालबालिकाहरु सन् २०२१ भरमा कुपोषणको शिकार हुने अनुमान गरिएको छ । त्यसमध्ये झण्डै ४ लाख कडा प्रकारको कुपोषणको शिकार हुने र समयमै उपचार नपाए ज्यान जाने खतरा रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com