विज्ञको सिफारिसमा नागरिकलाई कोरोनाभाइरसविरुद्ध तेस्रो खोप


प्रकाशित मिति : आश्विन १६, २०७८ शनिबार

मोराक्कोका नागरिकलाई कोरोनाभाइरस विरुद्ध तेस्रो खोप दिइने भएको छ । महामारीबाट आफ्ना नागरिकलाई जोगाउनका लागि सरकारले तेस्रो चरणको खोप लगाउने व्यवस्था गर्न लागेको हो ।

मोरक्कोको स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार विज्ञ तथा सरोकारवालाको सिफारिसका आधारमा यस्तो निर्णय गरिएको हो ।

यसलाई राष्ट्रिय खोप अभियानकै एउटा अङ्गको रुपमा लागू गरिने पनि अधिकारीले जानकारी दिएका छन् । आफ्ना नागरिकलाई मात्रै नभई मोरक्कोमा बस्ने विदेशी नागरिकलाई पनि खोपको व्यवस्था गरिने उनीहरूले बताएका छन् ।

उत्तर अमेरिकी मुलुक मोरक्कोमा यसअघि पहिलो खोप अभियान भने गत जनवरी २८ मा शुरु भएको थियो । त्यहाँ शुरुमा चिनियाँ सिनोफर्म खोप लगाइएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सरकारी अधिकारीले शुक्रबार दिएको जानकारीअनुसार अहिलेसम्म मोरक्कोमा दुई करोड २७ लाख १९ हजार ८६ जनाले पहिलो मात्रा खोप लगाएका छन् ।

तीमध्ये एक करोड ९१ लाख ९७ हजार ९१६ जनाले दुवै खोप लगाएका छन् । मोरक्कोमा शुक्रबार मात्रै थप ९३६ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्् । योसँगै कुल सङ्क्रमितको सङ्ख्या नौ लाख ३४ हजार सात पुगेको छ ।

मन्त्रालयका अनुसार कोरोनाभाइरसका कारण मोरक्कोमा अहिलेसम्म १४ हजार २९० जनाको मृत्यु भएको छ । तीमध्ये २३ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । मोरक्कोमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकामध्ये ८३५ जना अति सघन कक्षमा उपचाररत छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com