कोरोनाबिरुद्धको खानेचक्की अस्पताल भर्ना हुने दर रोक्न ५० % प्रभावकारी, प्रयोगको आवेदन दिइने


प्रकाशित मिति : आश्विन १६, २०७८ शनिबार

कोरोनाको उपचारका लागि परीक्षणमा रहेको चक्की मृत्युदर र अस्पताल भर्ना हुने दर रोक्न उच्च रुपमा प्रभावकारी भएको अध्ययनले देखाएको छ । आधाभन्दा धेरै मृत्यु र अस्पताल भर्ना हुने दर रोक्न चक्की प्रभावकारी रहेको पाइएको छ ।

यदि अमेरिकाको खाद्य तथा औषधी प्रशासन एफडीएबाट आपतकालिन प्रयोगको अनुमति पाएको खण्डमा कोरोनाबिरुद्ध लड्न सेवन गर्ने प्रकारको यो पहिलो औषधी हुनेछ । अमेरिकाको मेर्क एण्ड रिजबैक बायोथेराप्युटिक्सटले बनाएको यो औषधी छिट्टै आपतकालिन प्रयोगका लागि अमेरिकाको एफडीए समक्ष आवेदन दिने तयारी भइरहेको कम्पनीले जनाएको छ ।

मोल्नुपिराविर नामको यो औषधीको सेवन गर्दा मृत्यु र अस्पताल भर्ना हुने दरमा ५० प्रतिशतभन्दा धेरैले कमी आएको कम्पनीले जनाएको हो । यो औषधी सेवन गरेका बिरामीहरुमध्ये ७ दशमलव ३ प्रतिशतमात्र अस्पताल भर्ना हुने अवस्था आएको थियो । औषधी दिइएका कसैको पनि मृत्यु भएको थिएन । प्लासिबो अर्थात् औषधी नमिसाइकन ट्याब्लेट दिइएका ८ जनाको भने मृत्यु भएको थियो ।

औषधी उत्पादक कम्पनी मर्क

शुरूमा इन्फ्लुएन्जा उपचारका लागि विकास गरिएको यो औषधीले भाइरसको जेनेटिक कोडमा परिवर्तन ल्याइदिने गरी डिजाइन गरिएको छ जसले भाइरस शरीरमा फैलनबाट रोक्छ। कोभिड खोपमा भाइरसको बाहिर रहेको स्पाइक प्रोटिनलाई निशाना बनाइन्छ भने खाने चक्कीमा भाइरसले सङ्ख्या बढाउने इन्जाइमलाई नै निशाना बनाएको हुन्छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मर्क कोभिड विरुद्धको खाने चक्कीको परीक्षण परिणाम सार्वजनिक गर्ने पहिलो कम्पनी हो। अरू कम्पनीहरू पनि खानेचक्कीबारे परीक्षण गरिरहेका छन्। मर्कले सन् २०२१ को अन्त्यसम्ममा १ करोड चक्की उत्पादन गरिसक्ने बताएको छ। एफडीएबाट अनुमति पायो भने अमेरिकी सरकारले उक्त औषधी १२ अर्बको खरिद गर्ने सहमति गरिसकेको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com