आफ्ना देशका भ्याक्सिन लगाएका नागरिकका लागि सिमा खोल्ने तयारीमा अष्ट्रेलिया


प्रकाशित मिति : आश्विन १५, २०७८ शुक्रबार

अष्ट्रेलियाले भ्याक्सिन लगाएका आफ्ना देशका नागरिकका लागि सिमा खोल्ने तयारी गरेको छ । अष्ट्रेलियाले नोभेम्बरदेखि विदेशमा रहेका भ्याक्सिन लगाएका आफ्ना नागरिकलाई स्वदेश फर्कनका लागि सिमा खोल्ने तयारी गरेको हो ।

यात्रा प्रतिबन्धका कारण विदेशमा रहेका अष्ट्रेलियन नागरिक र स्थायी बासिन्दाहरु १८ महिनादेखि अष्ट्रेलिया फर्कन पाएका छैनन् । अब १८ बर्षभन्दा माथिका ८० प्रतिशत जनसंख्याले पूर्णरुपमा भ्याक्सिन लगाएपछि उक्त प्रतिबन्ध हटाइने प्रधानमन्त्री स्कट मोरिसनले बताए ।

गतबर्षको मार्च २० देखि आवतजावतमा यस्तो कडा प्रतिबन्ध लगाउने अष्ट्रेलियामा विश्वमै प्रजातान्त्रिक मुलुक हो । यात्राबारेको प्रतिबन्धमा अत्यावश्यक कामदार र सरकारी अधिकारीका लागि केही छुट दिइएको छ । पर्यटनको लागि कुनै पनि शर्तमा सिमा वारपार गर्न दिइएको छैन ।

कडा प्रतिबन्धहरुका कारण महामारीमा हजारौंले आफन्तलाई अन्तिम पटक हेर्न पाएनन् । कोही दाहसंस्कारमा सहभागी हुन पाएनन् । कोही आफन्तहरुमा विहेमा आउन पाएनन् । अब न्यू साउथ वेल्स ८० प्रतिशतक भ्याक्सिनको मापदण्ड पूरा गर्ने सम्भावना भएको राज्य हुने र सिड्नीको विमानस्थल अन्तर्राष्ट्रिय यात्राका लागि खुल्ने पहिलो विमानस्थल हुने अपेक्षा गरिएको छ ।

सिड्नीमा रहेको क्वान्टास एयरवेजले नोभेम्बर १४ देखि लण्डन र लस एन्जलसका उडानहरु सुचारु गर्ने बताएको छ । प्रधानमन्त्री मोरिसनले अन्य देशका नागरिकलाई अष्ट्रेलियामा कहिलेदेखि स्वागत गरिनेछ भन्नेबारे केही बताएनन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com