टेनेसीको प्राथमिक विद्यालयमा एक विद्यार्थीबाट १३ बर्षका अर्का विद्यार्थीमाथि गोली प्रहार


प्रकाशित मिति : आश्विन १४, २०७८ बिहीबार

टेनेसीको एउटा प्राथमिक विद्यालयमा एक विद्यार्थीबाट १३ बर्षका अर्का विद्यार्थीमाथि गोली प्रहार भएको छ । मेम्फिसको कमिङग्स एलेमेन्ट्री स्कुलमा आज विहान उक्त घटना भएको अधिकारीहरुले जनाएका छन् ।

स्थानीय समय अनुशार विहान ९ बजेर १५ मिनेटमा उक्त घटना भएको हो । गोली हान्ने विद्यार्थी गाडीमा चढेर घटनास्थलबाट भागेपनि पछि प्रहरीसमक्ष आत्मसमर्पण गरेको जनाइएको छ । अहिले गोली चलाउने व्यक्तिलाई हिराशतमा राखिएको छ ।

घाइते विद्यार्थीलाई अस्पतालमा भर्ना गरिएको छ । उनको अवस्था चिन्ताजनक तर स्थीर रहेको जनाइएको छ । घटनामा अरु कोहीपनि घाइते नभएको जनाइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छ । घटनाको उद्देश्यबारे पनि प्रहरीले केही बताएको छैन । बालकका हातमा कसरी बन्दुक पुग्यो भन्नेबारे पनि केही खुलिसकेको छैन ।

यो विद्यालयमा केजीबाट ८ कक्षासम्म पढाई हुने गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com