बीचमा पर्दा राखेर पढाइने योजना बनाइदै गरेको काबुल युनिभर्सिटीमा महिलालाई प्रतिबन्ध


प्रकाशित मिति : आश्विन १२, २०७८ मंगलबार

अफगानिस्तानको काबुल युनिभर्सिटीमा महिलालाई काम गर्न र कक्षामा उपस्थीत हुनमा रोक लगाइएको छ । तालिवानले नियुक्त गरेका चान्सलर मोहम्मद असरफले सोमबार एक सुचना जारी गर्दै ईस्लामिक वातावरणको निर्माण नभएसम्मका लागि भन्दै महिलाहरुलाई काम गर्न र अध्ययन गर्नमा रोक लगाइएको जानकारी दिएका हुन् ।

यसअगाडि उनले महिला विद्यार्थीहरुलाई पढाउनका लागि योजनामा काम गरिरहेको बताएका थिए । तर उनले यो योजना कहिलेसम्म पूरा हुने भन्नेबारे केही बताएका थिएनन् । महिला शिक्षिकाहरुको अभावका कारण पुरुष शिक्षकले नै बीचमा पर्दा राखेर पढाउने योजनामा आफूहरुले काम गरिरहेको उनले बताएका थिए ।

यस अगाडि नै अफगानिस्तानमा तालिवानले महिला विद्यार्थीहरुका लागि नयाँ नियमको घोषणा गरेका थिए । जस अनुशार महिला विद्यार्थीहरुले पढ्न पाउने तर उनीहरुले पुरुष विद्यार्थीहरुसँगै एउटै कक्षामा बसेर भने पढ्न नपाउने उल्लेख गरिएको थियो ।

सन् २०१८ मा काबुलको साइकल र्यालीमा अफगान महिला ।

त्यस्तै महिला विद्यार्थीहरुका लागि पढाउनका लागि महिला शिक्षिका नै हुनुपर्ने नियम घोषणा गरिएको थियो। महिला विद्यार्थीहरुका लागि ड्रेसकोड पनि नयाँ जारी गरिने तालिवानले जनाएको थियो । उच्च शिक्षा मन्त्री अब्दुल बाकी हकानीले विद्यार्थीलाई पढाइने विषयको समेत पुनरावलोकन गरिने बताएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन् १९९६ देखि सन् २००१ सम्मको तालिवान शाषनका क्रममा महिला विद्यार्थीहरुलाई विद्यालय र युनिभर्सिटीहरुमा प्रतिबन्ध लगाइएको थियो । यसपटक भने तालिवानले महिलाहरुलाई जागिर गर्न र शिक्षा लिनबाट वञ्चित नगरिने बताएका छन् । तर १५ अगस्तमा अफगानिस्तान कब्जा गरेयता तालिवानहरुले स्वास्थ्य क्षेत्रमा काम गर्ने बाहेक सबै महिलाहरुलाई सुरक्षा अवस्थामा सुधार नभएसम्म काममा नजान भनेका छन् ।

तालिवान आउनुभन्दा अगाडि अफगानिस्तानमा महिला विद्यार्थीहरुका लागि ड्रेस कोडको पालना गर्नुपर्ने अवस्था थिएन भने पुरुष र महिला एकअर्को साइडमा बसेर एउटा कक्षामा पढ्न पाउँथे । तर मन्त्री हकानीले मिश्रित शिक्षा प्रणाली अन्त्य गर्न कुनै समस्या नभएको बताएका थिए ।

तालिवान लडाकु र अफगानी पुरुषहरु काबुलमा प्राथनामा सहभागी हुँदै ।

युनिभर्सिटीहरुसँग महिलाका लागिमात्र कक्षा संचालनका लागि छुट्टै साधन श्रोत नभएकाले नयाँ नियमले महिलालाई शिक्षा हासिल गर्न वञ्चित गरिसकेको छ । तर हकानीले प्रसस्त महिला शिक्षिकाहरु रहेको र कुनै ठाउँमा महिला शिक्षिका नभएको अवस्थामा विकल्प खोजिने बताएका थिए । महिला शिक्षिका नभएको अवस्थामा बीचमा पर्दा राखेर वा प्रविधिको प्रयोग गरेर पुरुष शिक्षकले पढाउन सक्ने मन्त्री हकानीले बताएका थिए ।

महिला र पुरुष विद्यार्थीहरुलाई विद्यालय स्तरमा पनि छुट्टा छुट्टै पढाइनेछ, जुन अफगानिस्तानमा पहिले देखि नै सामान्य मानिन्छ । महिलाहरुले हिजाब लगाउनुपर्नेछ तर मुहार ढाक्ने अतिरिक्त पोशाक लगाउनुपर्ने वा नपर्नेबारे तालिवान मन्त्री हकानीले केही बताएका छैनन् ।

अहिलेको पाठ्यक्रम पुनरावलोकन गरेर इस्लामिक, राष्ट्रिय र ऐतिहासिक मुल्यमान्यता अनुरुप तार्किक र इस्लामिक पाठ्यक्रम बनाइने हकानीको भनाई छ । तालिवानको नियन्त्रणसँगै अफगानिस्तानमा महिला अधिकारका सन्दर्भमा व्यापक चिन्ता व्यक्त गरिएको छ ।

सन् २००१ मा तालिवान शक्तिबाट हटेपछि अफगानिस्तानको शिक्षा प्रणालीमा र महिला साक्षरतामा व्यापक सुधार भएको छ । १७ बर्षमा प्राथमिक स्तरमा छात्राहरुको संख्या झण्डै शुन्यबाट २५ लाख पुगेको युनेस्कोको तथ्यांक रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com