अफगानिस्तानमा हात चुडाल्ने र मृत्युदण्डको सजाय दिने कानून ल्याउने पक्षमा तालिवानका नेता


प्रकाशित मिति : आश्विन ११, २०७८ सोमबार

अफगानिस्तानमा सुरक्षाका लागि हात चुडाल्ने र मृत्युदण्डको सजाय आवश्यक भएको तालिवानका एकजना संस्थापक नेता नूरुद्दिदन तुरावीले बताएका छन् । विगतको तालिवान सैन्य सरकारका बेलामा कठोर नियमहरु लागु गराउनमा कुख्यात रहेका उनले तालिवानबाट हात चुडाल्ने र मृत्युदण्ड दिने कानून ल्याउने योजना रहेको बताएका हुन् ।

केहीदिन अगाडिमात्र तालिवानले अपहरणमा संलग्न रहेको भन्दै ४ जनाको हत्या गरेर उनीहरुको शव सार्वजनिक स्थलमा झुण्डाएका थिए । अपहरणकारी र तालिवानबीच मुठभेड भएको समेत उनीहरुले बताएका थिए । तुरावीले सन् १९९६ देखि सन् २००१ सम्म तालिवानको पाप र पुण्य मन्त्रालयले सम्हालेका थिए । त्यतीबेला उनको मन्त्रालयको नैतिकता प्रहरीले इस्लामिक अपराध कानूनको अत्यन्तै कडा भर्सन लागु गरेका थिए ।

जब सन् १९९६ देखि सन् २००१ सम्म तालिवानहरुले अफगानिस्तानमा नियन्त्रण कायम गर्दा उनीहरुले शरिया कानूनको व्याख्या र लागु फरक तरिकाले गरेका थिए । उनीहरुले टेलिभिजनमा प्रतिबन्ध लगाएका थिए भने अधिकांश संगीतमा साधनमा पनि रोक लगाएका थिए । उनीहरुले सदाचारको प्रवद्र्धन र खराब तत्वको रोकका लागि भन्दै साउदी मोडलमा आधारित विभाग बनाएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर अहिले विगतको भन्दा केही नरम हुने अपेक्षा गरिएको छ । यद्यपी कतिपय स्थानमा तालिवान लडाकुहरुले विद्यार्थी र शिक्षक लगायतका केही महिलाहरुलाई पश्चिम सहर हेरातमा घरबाहिर निस्कनबाट रोकेका छन् । तालिवानहरुले अरु महिलाहरुलाई आफ्नो अनुहार छोप्न निर्देशन दिएका छन् । तालिवानका प्रवक्ताले चोरका हात काट्ने लगायतका कानून ल्याउने योजना रहे नरहेको बारे अझै केही स्पष्ट पारिसकेका छैनन् ।

तालिवान लडाकु र अफगानी पुरुषहरु काबुलमा प्राथनामा सहभागी हुँदै ।

अफगानिस्तानमा तालिवानले उनीहरुबाट स्थापित नियम अनुशार शरिया कानूनका रुपमा चिनिने इस्लामिक कानून लागु गर्ने प्रतिबद्धता जनाएका छन् । । तर अहिलेसम्म त्यो कसरी लागु हुनेछ भन्ने स्पष्ट भने छैन ।

विगतमा तालिवानहरुले अफगानिस्तानमा शासन गर्दा महिलाहरुलाई घरबाहिर काम गर्न रोक लगाउने, पुरुष अभिभावक विना घर छाड्न प्रतिबन्ध लगाउने, केटीहरुका लागि विद्यालय जान रोक लगाउने र नैतिक नियम उल्लंघन गर्नेहरुलाई सार्वजनिक रुपमा दण्ड सजाय दिने जस्ता नियमहरु लागु गरेका थिए ।

नैतिक प्रहरी अधिकारीहरु बनाएर आनिवानी, कपडा र चालचलनमा कडाई गरिएको थियो । गस्तीमा निस्कने त्यस्ता प्रहरीहरुले नियम नमान्ने महिलाहरुलाई सार्वजनिक रुपमा नै अपमानित गर्ने र कारवाही गर्ने गर्थे । सन् १९९६ मा काबुलमा नेलपोलिस लगाउने एकजना महिलाको औंला नै काटिएको थियो । व्यभिचार आरोप लागेका महिलाहरुलाई ढुंगाले हानेर मारिएको थियो ।

गस्तीमा तालिवान लडाकुहरु ।

शरिया कानून इस्लामिक धर्मग्रन्थ कुरानमा आधारित रहेको छ । जसमा इस्लामका लागि कानूनी र नैतिक शिक्षाका बारेमा उल्लेख छ । कुरानले नैतिक जीवनको बारेमा बताएपनि कानूनका बारेमा भने विस्तारमा उल्लेख गरेको छैन । त्यसलाई धर्मगुरुहरुले फरक फरक तरिकाले व्याख्या गर्ने गरेका छन् । तालिवानले लगाएका प्रतिबन्धहरु शरिया कानूनले तय गरेको भन्दा कडा र विपरित रहेको कतिपय आलोचकहरुको भनाई छ ।

शरियाको व्याख्या मुस्लिम जगतमा पनि बहसको विषय रहेको छ । हरेक सरकारहरुले शरियामा आधारित कानूनी प्रणाली फरक फरक तरिकाले लागु गरेका छन् । तालिवानहरुले शरिया कानूनलाई संस्थागत बनाउने बताउँदै आएका छन् । जसको मतलव उनीहरुले इस्लामिक विद्धानहरुले वा अन्य इस्लामिक सरकारहरु सहमत हुनेगरी नै लागु गर्ने सम्भावना नरहेको बताइन्छ ।

शरियाले चोरी, व्यभिचार लगायतका केही अपराधहरुलाई सुचिकृत गरेको छ । यदि प्रमाण पुगेको खण्डमा दण्डसजाय गर्ने उल्लेख गरेको छ । धार्मिक र नैतिक शिक्षाका बारेमा पनि शरियामा उल्लेख छ । कसरी प्राथना गर्ने, कसरी विवाह गर्ने र कसरी डिभोर्स गर्ने लगायतका विषय पनि यसमा उल्लेख छन् । शरियाले पुरुषविना महिलालाई घर छाड्न निषेध गर्दैन भने अधिकांश काम गर्नबाट पनि रोक लगाउँदैन ।

यसपटक शरिया कानून कसरी लागु होला भन्ने सन्दर्भमा विज्ञहरुले तालिवान नेताहरुका पछिल्ला गतिविधि र भनाईलाई नियालिरहेका छन् ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com